नयाँ मुलुकी संहिता ऐन लागू

२०७५ भाद्र १ गते, शुक्रबार

काठमाडौं , १ भदौ । १ सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै आजबाट मुलुकभर नयाँ मुलुकी संहिता ऐन लागू भएको छ । आजबाट मुलुकभर फौजदारी र देवानी संहितासहितका ५ वटा कानुन एकसाथ लागू भएको हो । संसदबाट एक वर्षअघि पारित भई ऐनको रुपमा आएको पाँच वटा कानुन आजबाट कार्यान्वयनमा ल्याइएको हो । यातना दिई निर्मम हत्या, विमान अपहरणपछि विस्फोट गरी हत्या, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको, जाति हत्या र बलात्कारपछि हत्या जस्ता अपराधमा बाँचुञ्जेल जेल बस्नुपर्ने व्यवस्था गरेको छ ।
यता, देवानी संहिताले छोराछोरी दुबैलाई ३ पुस्तासम्म अपुताली हकदाबी गर्न पाउने हक दिएको छ । संहिताअनुसार यस्तो हक पुग्ने कोही नभए त्यस्तो सम्पत्ति राज्यको हुनेछ । सम्बन्धविच्छेदका लागि महिलासरह पुरुष पनि अदालतमा जान पाउने छन् । आमाको नाममा पनि थर राख्न पाइने छ । पति वा पत्नीले एकअर्कालाई बेवास्ता गरी ३ वर्षसम्म टाढिएमा स्वतः सम्बन्धविच्छेद हुने प्रावधान संहितामा छ । संहिता निर्माण गर्दा झन्डै एक सय कानुन परिवर्तन गरिएको छ भने यो लागू भएपछि २० वटा कानुन खारेजीमा परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु