नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं, २२ मंसिर । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर व्यवसायीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्नुपर्छ’ पराजुलीले भने ।
कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्राष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुले उठिबास लगाउन लागेको बताएका छन् । ‘बस पार्क अन्तर्राष्ट्रिस्तरको बन्नु राम्रो कुरा हो तर दलाल कम्पनीहरुले साना व्यवसायीहरुको लगाउने तायरी गरिरहेका छन्’ व्यवसायी दामोदर घिमिरेले भने ।
व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताए । निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उनले दाबी गरे । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भने । त्यस्तै बसपार्कभित्र लामो समयदेखि व्यपार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताए । उनले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राखे ।
कार्यक्रममा उपस्थित नेकपा (माओवादी)का केन्द्रीय सदस्य उत्तमले बस पार्कभित्र व्यपार–व्यवसाय गरेर जीवन गुजरा गर्दै आएका सर्वसाधारको उठिबास लगाउने विषयले आफूहरु गम्भीर भएको बताए । उनले व्यवासायीको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण साथ रहेन प्रतिबद्धता समेत जनाउदै व्यवसायीलाई उठिबास लगाउनु भन्दा व्यवस्थापन गर्नुपर्ने बताए ।
एक सय ६१ रोपनीमा फैलिको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।
व्यवसायीका मागहरुः
– अन्तर्राष्ट्रिय टर्मिनल बस पार्कभित्र निर्माण भएको सपिङ कम्पलेक्समा लामो समयदेखि बसपार्कभित्र व्यवसाय गरिरहेका व्यवसायीहरुलाई भवन निर्माण सम्पन्न भएपछि चलन चल्तीको भाडादरमा व्यवसया गर्न दिइयोस् ।
– सो समयसम्मका लागि यथास्थानमा व्यवपार व्यवसाय गर्ने वातावरण मिलाइयोस् ।
– बस पार्क व्यवस्थापनमा जापना सरकार र नेपाल सरकारको सहमतिअनुसार निर्माण गरियोस् ।
– बसपार्कको खोला साइडमा बाटो भन्दा अगाडि कम्तीमा २ तले भवन निर्माण गरी बस पार्कभित्रका व्यवसायीहरुलाई व्यवास्थापन गरियोस् ।
संघर्षका कार्यक्रमहरुः
– मंसिर २२ गतेः काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रहरी कार्यालय टुकु, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपक (माओवादी)लगायतका राजनीति पार्टीलाई ज्ञापनपत्र बुझाउने ।
– मंसिर २४ गतेः बिहान ६ बजेदेखि १० बजेसम्म बसपार्क सरसफाई, दिउँसो अन्तरक्रिया कार्यक्रम ।
– मंसिर २५ गतेः नयाँ बसपार्क गेटमा धर्ना विहान ८ बजेदेखि १० बजेसम्म ।
– मंसिर २६ गतेः नयाँ बसपार्क बन्द ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु