नयाँ निर्माण : आजको आवश्यकता – डा. भगवानचन्द्र ज्ञवाली

२०७४ मंसिर ४ गते, सोमबार

आज नेपाली समाज परिवर्तनको प्रसव वेदनामा छटपटाइरहेको छ । जब युग प्रसव वेदनामा हुन्छ त्यहाँ अनेक दुष्प्रवृत्तिले घेरा हाल्नथाल्छन् । आज हाम्रो देश त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ । परिवर्तन प्रकृतिको नियम हुँदाहुँदै पनि केही भ्रष्ट चेतनाका, स्वार्थी, मानवीय समताका विरोधीहरूले समाज विकासका मार्गमा अवरोध खडा गरेर त्यसलाई शिथिल पार्ने र यथाथस्थितिमा रोकिराख्ने प्रयास गरिरहेका हुन्छन् । प्राकृतिक नियमअनुसार वस्तुका रूपान्तरणमा आन्तरिक तत्त्व प्रधान र बाह्य तत्त्वको गौण भूमिकामा हुन्छ तथापि झट्ट हेर्दा बाह्यतत्त्व नै प्रधान जस्तो देखिन्छ । आज २१ औं शताब्दीमा पनि नेपाली समाजको परिवर्तन र विकास हुन नसक्नमा भारतीय विस्तारवाद र प्रभुत्ववाद अनि साम्राज्यवाद र नवउपनिवेशवाद प्रधान जस्तो देखिएको छ तापनि हाम्रो समाजका संस्कृति र परम्परामा विद्यमान जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय भेदभाव, अन्याय र अहङ्कारवाद नै प्रधान रूपमा समाजलाई विभाजन गर्न र पछाडि पार्नमा प्रमुख जिम्मेवार रहेका छन् । हामी यति धेरै त्यस प्रवृत्तिका पर्दामा छोपिएका छौं कि आफ्नै विगतका विकृति, रूढि र अन्धविश्वासबाट सद्यः मुक्त हुने बाटो देख्न सकिरहेका छैनौं । देशमा चलेको प्रत्येक दशकको विद्रोह र आन्दोलन अनि विगत ०६० का दशकको दशवर्षे सशस्त्र द्वन्द्व तिनको नेतृत्व वर्ग माथि उल्लिखित प्रवृत्तिबाट ग्रस्त हुँदा अत्खलो गएझैं देश परिवर्तनको गर्भ पनि पतन भएको छ र त्यसले हाम्रो परिवर्तनकामी चेतनालाई अझ कैयौं वर्षका लागि निराशाका गर्तमा धकेलिदिएको छ ।
भारतीय शासक वर्गको सहयोग र समर्थनबिना सत्तामा टिकिरहन सकिंदैन भन्ने अन्धचेतना र कथित खाएको नुनको सोझो गर्ने प्रवृत्तिका कारण २००७ सालपछिका आर्धशताब्दी भन्दा बढी समयसम्म पनि राज्यसत्तामा पुग्ने सबै नेताहरूले नेपालमा दिल्लीमुखी शासन चलाउँदै आएका छन् । भारतीय प्रभुत्ववाद र विस्तारवादबाट मुक्त रहेर आफ्नै देशका जनतामाथि विश्वास गर्दै देशको वागडोर सञ्चालन गर्नसकिन्छ भन्ने आत्मबल समेत आजका नेताहरूमा पनि जाग्न सकेको छैन । वर्तमान सरकार प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यसै छुद्र चेतनाबाट मुक्त हुन नसकेका कारण हालै देशलाई २५ बुँदे सम्झौता मार्फत् अझ जकडबन्धमा फँसाएका छन् । अशिक्षा, भय वा यथास्थितिमा रम्ने प्रवृत्तिले युगीन परिवर्तनको ढोका खोल्न सक्दैन र उद्ध्र्वचेनताका अभावमा फोहरबाट मुक्ति मिल्न पनि सक्दैन । युवावर्गमा विगतका गलत प्रवृत्ति र परम्परालाई फाल्ने सबल दृष्टि र आत्मबल अवश्य हुन्छ तर आँखामा स्वार्थको पर्दा लागेपछि त्यो सबै यथार्थ धमिलो देखिन्छ अतः त्यसै दुष्प्रवृत्तिलाई अँगालेर आजका युवा त्यसैका पुच्छरमा झुण्डिएका छन् । त्यही प्रवृत्ति युवाहरूमा पनि अझै एकदुई दशक रहिरहेमा देशले पराधीनताको जञ्जीरमा जकडिनु पर्ने निश्चित छ । यो वर्तमान मुलुकको बिडम्वना हो तर परिवर्तनका सम्भावनाको अन्त्य भइसकेको छैन । युवावर्गले क्षणिक स्वार्थ त्यागेर युगीन परिवर्तनका लागि लामवद्ध हुनु आवश्यक छ । आपूmले आज केही नगरे पुर्खाले निर्माण गरिदिएका जगले भविष्यलाई सधै बोकिरहन सक्दैन । चेतना भया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु