नयाँ दिल्लीमा अत्याधिक वायू प्रदुषण, जनजीवन प्रभावित

२०७६ कार्तिक १८ गते, सोमबार

काठमाडौं, १८ कात्तिक । भारतमा बिगत केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँका जनजीवन अस्तब्यस्त बनेको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतको उत्तरी क्षेत्र बढी प्रभावित भएका भन्दै हावाको गुणस्तर खतरनाक स्थितिमा पुगेको बताएका छन् । जसका कारण हजारौं मानिस बिरामी पर्न सक्ने आंैल्याइएको छ । यसैबीच भारतका अधिकांश नागरिकलाई बिना काममा घरबाट बाहिर नन्स्किन अपील गरिएको छ ।
प्रदुषणकै कारण बन्द रहेका विद्यालय र कलेजहरु अहिलेसम्म खुल्न सकेका छैनन् । हवाई उडानहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
यसैबीच नयाँ दिल्लीलगायत अन्य क्षेत्रमा लाखौं मास्क बितरण गरिएको छ । भारतमा वर्षेनी वायु प्रदुषणका कारण लाखौं जनता मारमा पर्ने गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु