नमोबुद्ध र गौरती भिमेश्वर मन्दिरमा मेला सुरु

२०७१ कार्तिक २० गते, बिहीबार


काठमाडौँ । आज कात्तिक पूर्णिमा, आजैदेखि काभ्रेपलाञ्चोक जिल्लाको श्यामपाटी गाविस वडा नम्बर–९ सिमलचौरमा रहेको नमोबुद्धको मन्दिरमा तीन दिने मेला सुरु भएको छ ।पूर्णिमाको अघिल्लो रातदेखि सुरु भइ पूर्णिमाको भोलि पल्टसम्म लाग्ने मेला भर्न जाने बौद्ध धर्मावलम्बी तामाङ र नेवार समुदायका मानिसहरुको बिहानैदेखि घुइँचो लागिरहेको छ । भगवान् बुद्धको पूर्वजन्म थलोको रुपमा चिनिने नमोबुद्धमा तामाङ र नेवार समुदायले आफ्ना पितृहरुको आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्ने र दर्शन गर्ने गर्दछन् ।
मेला भर्न पुग्ने श्रद्धालु भक्तजनहरुलाई सुविधा पु¥याउन नमोबुद्ध विकास केन्द्रले स्वयंसेवक, प्राथमिक उपचार, सुरक्षा, खानेपानी लगायतको व्यवस्था गर्ने गरेको छ । मेला भर्न र दर्शन गर्नका लागि काभ्रेसहित, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाण्डु, मकवानपुर, नुवाकोट लगायत देशका विभिन्न जिल्लाहरुबाट तामाङ र नेवार समुदायका मानिसहरु नमोबुद्ध पुग्ने गरेका छन् ।
यसैबीच सिन्धुपाल्चोक जिल्लाको पिपल डाँडा गाविस वडा नम्बर–८ मा रहेको गौरती भिमेश्वर मन्दिरमा जिल्लाकै पुरानो एवं ठूलो मेला सुरु भएको छ । धन, सन्तान, नयाँ सोच र शक्ति प्राप्त हुने जनविश्वासका साथ विहान ४ बजे देखिनै गौरती मन्दिरको दर्शन र पूजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागिरहेको छ । मेलामा सदरमुकाम चौताराबाट रथसमेत तानिने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार