नमेटिएका चित्रहरू नियात्रा सङ्ग्रहमा नारी चिन्तनको अवस्था – कुमारी लक्ष्मी जोशी

२०७५ भाद्र २० गते, बुधबार

१. विषय प्रवेश
सृष्टिको प्रारम्भमा परमेश्वरले आफूलाई दुई भागमा बा“डेका थिए । दुई भाग मध्ये आधा भाग नर हो र आधा भाग नारी हो । परमेश्वरको दक्षिण भागमा नररूप र वाम भाग नारी रूप भयो भने शास्त्रीय मान्यता छ । धर्म प्राण समाजमा वेद, पुराण, स्मृति, इतिहास तथा प्राचीन संस्कृतिका मूल्य र मान्यताका आधारमा तथा प्राकृतिक विज्ञानका आधारमा समेत परमेश्वरको आधा स्वरूप स्त्रीहरूलाई अत्यधिक सम्मान दिएको पाइन्छ । नारीविनाको घर घर नभएर जङ्गल हो भनिएको छ । नारी साथ भए रुखुमुनी बसे पनि त्यो धेरै हो भनिएबाट पनि नारीको महŒव अत्यन्तै उच्च रहेको स्पष्ट हुन्छ । वर्तमान समयमा नारी समानता, नारी हक तथा नारी स्वतन्त्रताका कुरा गर्नेहरूले नारीहरूको सम्मानित र सुरक्षित जीवनको महव बुझ्न नसकेको प्रतीक हुन्छ । नारी स्वतन्त्रताका नाममा हाम्रो समाजमा कैयौ“ नारीहरू हाल असुरक्षित हु“दै गएका उदाहरणहरू सञ्चार माध्यममा छ्याप्छ्याप्ती प्रकाशित भएको देख्न र सुन्न परेको छ । लैङ्गिक समानताका नामा र नारी स्वतन्त्रताका नाममा भएका विकृति र उच्छृङ्खलताले नारीहरू मात्र हैन पुरुषहरू पनि दिनानुदिन झन्झन् समस्याग्रस्त बन्दै गएका देखिन्छन् । प्रस्तुत लेखमा यिनै कुराहरूलाई ध्यानमा राखेर नमेटिएका चित्रहरू नियात्रा सङ्ग्रहमा नारीहरूका विविध पक्षहरू के कस्ता छन् भन्ने विवेचना गर्ने प्रयास गरिएको छ ।
२. महिलाको शिक्षाको अवस्था
नमेटिएका चित्रहरू नियात्रा सङ्ग्रह विदशी भूमिमा सङ्ग्रहित नियात्रा सङ्ग्रह हो । समकालीन समयमा महिलालाई शिक्षा र स्वतन्त्रता दिने व्यवस्था भए पनि पूर्ण रूपमा स्वतन्त्रता दिन सकेको पाइदैन । सामान्य शिक्षा ग्रहण गर्न पाउने कुरामा त्यति विवाद भएको नदेखिए पनि स्वतन्त्र रूपमा पढ्न पाउने निशेष गरिएको कुरा व्यापक छ । समग्रमा हेर्दा विदेशमा शिक्षाको अवसर राम्रो भएको मानिन्छ । नेपालबाट पनि कयौ मानिसहरू उच्च शिक्षाका लागि विदेशिने गरेको पाइन्छ । शिक्षाका लागि राम्रँे अवसर भए पनि मुस्लिम महिलाहरूका लागि भने शिक्षाको छुट्टै व्यवस्था गरेको पाइन्छ । कुनै कुनै देशमा महिला र पुरुषहरू एकै साथ बसेर पढ्न पाइएता पनि एकले अर्कालाई हेर्न पाइदैन । मुस्लिम महिलाहरूलाई शिक्षाको छुट्टै व्यवस्था गरेको पाइन्छ । उनीहरू केवल साक्ष्ँर बन्नका लागि यस्तो भएको पाइन्छ । वास्तवमा शिक्षा साक्षर हुनका निम्ति मात्रै नभई शिक्षित भई आङ्खनो जिविको पार्जन गर्नका लागि शिक्षा लिन आवश्यक मानिन्छ । तर मुस्लिम महिलाहरूको लागि यस्तो शिक्षा अपघातको रूपमा मानिन्छ । मुस्लिम महिलाहरूका समस्याहरू के कस्ता छन् भनी पाकिस्तानी नारी महिलाको जीवनबाट थाहा हुन्छ । भारत विश्वमा आर्थिक रूपमा अगाडि बढ्दै गएको देशका रूपमा चिनिन्छ । त्यसमा विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन् । भारतमा मुस्लिम महिलाहरू पनि छन् अन्य खाडी मुलुकका महिलाहरूभन्दा केही फरक भए पनि मस्लिम महिलाहरू पूर्ण रूपमा स्व्तन्त्र भएका पाइदैनन् । कतारमा सरकारी विद्यालय र महाविद्यालयहरूमा जोसुकैलाई निःशुल्क अध्ययन गर्न पाउने सुविधा पनि रहेको छ । अरु देशको भन्दा अलि अलि शिक्षा क्षेत्रको रङ्खतारले कतारको सर्वाङ्ग सुनौलो बन्दै गएको पाइन्छ । नारीहरूका आ“खा घुम्टोबाट ओर्लेर अक्षरका खेतहरूमा उज्यालो खोतल्दै छन् ।
३. महिलाको सुरक्षा अवस्था
राज्यका हरेक क्षेत्रका लागि सुरक्षा व्यवस्था अत्यन्त आवश्यक तथा महŒवपूर्ण हुने गर्दछ । त्यसमा पनि महिलाहरूको सुरक्षा विशेष संवेदनशील मानिन्छ । हिजोआज यत्रतत्र महिलाहरू असुरक्षित हु“दै गएको चर्चा सुनिन्छ । महिलाहरूलाई आई पर्ने कुनै पनि समस्या विशेष सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ । बाल्यकालमा पिताले संरक्षण गर्नुपर्ने, यौवनावस्थामा पतिले संरक्षण गर्नुपर्ने र वृद्धावस्थामा पुत्रले संरक्षण गर्नुपर्ने मान्यता रहेको देखिन्छ । कसैले पनि कुमारीलाई, विवाहितालाई वा विधवालाई बलात्कार गरेमा त्यसबाट उसमा पर्ने शारीरिक तथा मानसिक आघातको र गुमेको सतीत्वको क्षतिपूर्ति हुन नसक्ने हु“दा हिन्दु परम्परामा स्त्रीको सुरक्षालाई अत्यन्त कडा गरिएको प्रतीत हुन्छ । महिलालाई कडा सुरक्षामा राख्नु उसलाई स्वतन्त्रताबाट वञ्चित गरिएको वा स्वतन्त्रता नदिइएको, कुनै पनि अप्रिय घटना हुन नपाओस् भनी पहिले नै कानुन मै व्यवस्था गरिएको हुन्छ ।
मर्यादाको सीमापरिधिमा बस्ने कुराले नै सबैको कल्याण गर्ने हु“दा राज्यको कानुन माने जस्तै महिला र पुरुषले पनि नैतिक मर्यादालाई मानेमा सबै सुरक्षित हुन सकिन्छ । यसका लागि सानैदेखि धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि संस्कार दिनु आवश्यक छ । महिला र पुरुषका लैङ्गिक अवस्थालाई मनन गरेर दुवै थरीका लागि अनुशासनको व्यवस्था गरी यौन चुरा चारबाट जोगाउन प्रयत्न गरेको देखिन्छ । कतारमा सरकारले जनतास“ग आयकर लिदैन । विद्युत, पानी र टेलिफोनको महशुल तिर्नु नपर्ने रहेछ । कुनै पनि नागरिकले घर निर्माण वा विवाह गर्न आफूस“ग रकम नभएको निवेदन गरेमा सरकारले तुरुन्त उपलब्ध गराइदिने प्रचलन रहेछ । अस्पतालमा विदेशीहरूलाई समेत अधिकांश औषधिहरू निःशुल्क प्रदान गरि“दो रहेछ । रातदिन जहा“ हि“ड्डुल गरे पनि असुरक्षाको भूमरीमा फस्नुपर्ने रहेनछ । तर नेपालीहरूको विदेशमा उस्तै हालत हुन्छ आङ्खनो देशका नारीहरूलाई र घरहरूलाई बुर्काको खोलभित्र लुकाउनेहरू पाइनु, नारीको अस्मिता माथि हात हाल्छन् । सिधा र िगरिबीको पञ्जामा फसेका नेपाली महिलाहरू भारतीय नाका हु“दै खाडी राष्ट्र पुग्दछन् । त्यहा“का लम्पट पुरुषहरू चिलको झम्टाइमा जाइलाग्दछन् । उनीहरूका लागि स्त्री शरीर भनेको भोग्ने र यातना दिने वस्तु मात्र हुने गर्छ । साउदी अरेबियामा पत्नी बाहेककी नारीलाई आ“खा लगायो भने चटाचट काटेर मृत्युदण्ड दिइन्छ । त्यसैले गर्दा पुरुषको भन्दा बढी महिलाको सुरक्षामा ध्यान दिएको प्रतीत हुन्छ । निस्काम स्त्री बलात्कारको सिकार भएमा अपराधीलाई मृत्युदण्ड दिने र पीडितलाई विधिपूर्वक प्रायश्चित गराएर शुद्ध गराउने समेत विधान हुनाले महिलालाई अन्याय नहोस् भनी पूर्ण विचार पुत्याइएको देखिन्छ । अतः नैतिक मूल्य र मान्यतामा महिलाको सुरक्षा व्यवस्था उत्कृष्ट रहेको कुरा प्रचारमा ल्याउन आवश्यक छ ।
४. महिलाको आर्थिक अवस्था
महिलाको आर्थिक अधिकारको विषय भनेको हिजोआजा चर्काे आवाजका रूपमा उठाइएको विषय पनि हो । यस विषयमा महिलालाई आर्थिक अधिकार नदिएको भन्े दोषारोपण पनि धेरै नै हुने गरेको छ । कतारमा प्रतिव्यक्ति सरदर आम्दानी ४० हजार अमेरिकी डलर रहेको पाइन्छ । कतारको मुख्य आयस्रोत पेट्रोलियम पदार्थ नै हो । खासगरी खाडी मुलुकमा महिलाहरूको आर्थिक अवस्था त्यति राम्रो मानिदैन । मुख्यतः मुस्लिम इस्लामी महिलाहरूमा यो समस्या देखा परेको छ किनकि मस्लिम महिलाहरूले आङ्खनो अनुहार देखाउन नपाउने प्रयाः पुरुषहरूस“ग बाल्न नपाईने आ“खा छोप्ने गरी बुर्का लगाउनु पर्ने भएकाले मुस्लिम महिलाहरू सामाजिक रूपमा देखिन वञ्चित हुन्छन् । जसले गर्दा महिलालहरूले हेपिएको जीवन जीउनु पर्ने बाध्यता रहेको पाइन्छ । भारतमा पनि यो समस्या नरहेको होइन भारत आर्थिक रूपमा निकै सम्पन्न मानिएता पनि महिला माथि गरिने व्यवहार भने अरु देशको जस्तै रहेको छ । महिलाहरूलाई खाडी मुलुकमा जस्तो काम गर्नमा बन्देज नभए तापनि भारतमा पनि महिलाहरू त्यति धेरै अगाडि बढेको पाइदैन । कतार पनि आर्थिक रूपमा निकै सम्पन्न देश मानिन्छ तर त्यहा“ पनि महिलामाथि हुने भेदभावमा कमि आएको देखिदैन । पाकिस्तानमा पनि मुस्लिमहरूको बाहुल्यता रहेको पाइन्छ । महिलाहरूले पढ्नु हु“दैन भन्ने भ्रमलाई चिर्दै पाकिस्तानमा मलालाको जन्म भएको पाइन्छ । महिला हिंसा विरुद्ध उत्रिने मलाला आफू एक सफल नचारी भएता पनि महिलामाथि हुने भेदभावलाई अन्त्य भने गर्न सकेको छैन । महिलाले शिक्षा लिनुपर्छ भन्ने आवाजहरूका विरुद्ध पाकिस्तानीमा विद्यालयहरूमा आक्रमण भएको पाइन्छ त्यसैले पाकिस्तानमा पनि महिलाको आर्थिक अवस्था सन्तोषजनक छ भन्न सकिदैन । समग्रमा महिलाहरू पछाडि पर्नुमा कानुनी रूपमा बाध्य गराइएको हुन्छ । कानुनमा नै महिलाहरूले बुर्का लगाएर हिड्नु पर्ने स्पष्ट व्यवस्था गरिएको छ । जसले गर्दा महिलाहरू स्वतन्त्र हुन सकेका छैनन् । यसमा मुस्लिम र इस्लामी पुरुषहरू पनि महिलाहरूले सक्रिय भएको चाहदैनन् अथवा उनीहरू पनि महिलाहरूले काम गर्नु हु“दैन अर्थात् बुर्का लगाएर हिड्नु पर्छ भन्ने मान्यता राख्दछन् । तर पुरुषहरू भने आर्थिक रूपमा निकै सम्पन्न मानिन्छन् । नेपालबाट पनि हजारौ नेपालीहरू कामको खोजीमा विदेशतिर जाने गर्दछन् । पुरुषहरू आफू निकै मेहेनति र लगनशील मानिन्छन् । कुनै पनि क्षेत्रफलले सानो वा ठूलो मानिदैन । आर्थिक अवस्था, रहन सहन, धर्म, संस्कृति आदिले देशको पहिचान बढाउ“दछ ।
५. महिलाको पारिवारिक अवस्था
स्त्री र पुरुष परमेश्वरका शरीरमा आधा आधा भाग हुन् भन्ने कुरा माथि नै उल्लेख गरिसकेको छ । पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा हुन् । पारिवारिक रूपमा त्यति भेदभाव नभएता पनि महिलाहरू एक्लै बाहिर निस्कन नपाउने घरकै काममा संलग्न गराउने, आङ्खनो श्रीमान् बाहेक अरुको मुख हेर्न नपाउने परम्परा विद्यमान छ । महिलाहरू अशिक्षित र आर्थिक अवस्था कमजोर भएको कारण दलालहरूबाट बेचिने गरेका पाइन्छन् जुन समस्या नेपालमा पनि रहेको पाइन्छ । धेरै पैसा कमाउने आसमा विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने भ्रम परेर कयै नारीहरूले शारीरिक एवम् मानसिक यातनाहरू भोग्ने गरेको पाइन्छ । अर्काको लहलहैमा लागेर पैसा कमाउने आसमा घरवारै छोडेर विदेशीएका पाइन्छन् । तर उनीहरूलाई विदेशमा के हुन्छ, कसरी पैसा कमाइन्छ, विदेश कसरी जानुपर्छ कानुनी व्यवस्था के रहेको छ यी कुराहरू नबुझी सोजै दलालहरू मार्फत् विदेश जाने गरेकाले विभिन्न किसिमका दुःख कष्ट भोग्नु परेको छ । इस्लाम धर्मको अनुयायी कतारमा एक पुरुषले चारवटी स्वास्नी मान्छेस“ग बिहे गर्न पाउने भएकाले सन्तानहरू धेरै हुनु स्वभाविक मानिन्छ । नारी हुनु भनेको समाजको नजरमा नचिनिनु र एक्लिनु हो भन्ने परिचय पाइयो रहेछ त्यहा“ पुरुष महिला एकै रथका दुई पाङ्ग्रा हुनु पतिपाली परम्परमा मिलेर बस्दा एक अर्कास“ग सन्तुष्ट रह“दा घरमा पाइलैपिच्छे कल्याण हुन्छ भन्ने जनविश्वास छ । आङ्खना छोराकी आमालाई त पतिले त पतिले माता सरह नै आदर गर्नुपर्ने कुरा बताएको छ । धर्म, अर्थ,काम यी तिन पुरुषार्थ सिद्ध गर्नका लागि पत्नी पतिनी सहयोगिनी भएकी हुनाले पतिले पत्नीको भरणु पोषण र संरक्षण गर्ने जिम्मा पनि लिनु पर्छ । पत्नीविना एक्लो पुरुषले देवता, पितृ अतिथि इत्यादिको समेत स्वागत सत्कार गर्न नसक्ने हुनाले पत्नीको महŒव निकै नै हुन्छ भन्ने बुझिन्छ ।
६. सामाजिक अवस्था
यस नमेटिएका चित्रहरू नियात्रा सङ्ग्रहमा सङ्ग्रहित नियात्राहरूमा अरु विभिन्न अवस्थामा जस्तै सामाजिक रूपमा पनि नारीलाई सम्मान मिलेको देखिन्छ । अहिले भन्दा पहिला स्त्रीहरूको अवस्था बढी सम्मानित थियो भन्ने बुझिन्छ । नैष्ठिक बह्मचारिणीहरूको पनि समाजमा उच्च आदर हुने देखिन्छ । गृहस्थाश्रमका स्त्रीको त पति सरह नै सामाजिक स्थान रहेको पाइन्छ । पति पत्नीमा समानता नभएको घरमा त अलक्ष्मीको बास हुने र जीवन विफल हुने कुरा भनिएको हुनाले महिला र पुरुषको समानता हुनै पर्छ भन्ने कुरा स्पष्टस“ग बुझ्नु पर्दछ । यस नियात्रा सङ्ग्रहमा सङ्ग्रहित देशहरू कतार, इजिप्ट, साउदी अरेयिबा, युनाइटेड, पाकिस्तान र भारत देशहरूको चर्चा गरेका छन् । नारी हुनु भनेको समाजको नजरमा नचिनिनु र एक्लिनु हो भन्ने परिचय पाइदो रहेछ । आ“खा मात्र देखिने कालो बुर्का पहिरहेका महिलाहरू र सेतो बुर्का पहिरहेका पुरुषहरूको चित्रण गरेका छन् । कतारमा समुन्नत शासन व्यवस्था भए पनि नेपालीहरूले भने धेरै दुःख पाएको कुरालाई राम्ररी व्यञ्जित गरिएको छ । साउदी अरेबियामा रहेका आठ लाख नेपालीले भोग्नु परेका पीडा, यौन शोषण, आदिका कारुणिक कथाहरू पनि छन् । साउदी अरेबियाको धार्मिक कटुरता, बुर्काभित्रका नारीहरूको अवस्था, अपराधीलाई मृत्युदण्ड दिने त्यस ठाउ“को सामाजिक परम्पराको चित्रण गरेका छन् ।
७. निष्कर्ष
दामोदर पुडासैनी ‘किशोर’ समकालीन नेपाली कविता र नियात्राका क्षेत्रमा विशेष उल्लेखनीय प्रतिभाका रूपमा चिनिन्छन् । उनको नियात्रा कला सुसङ्गठित, सुरुचिपूर्ण, चित्रात्मक सौन्दर्य युक्त देखिन्छ । यस कृतिमा दामोदर पुडासैनी ‘किशोर’ ले कतार, इजिप्ट, साउदी अरेयिबा, युनाइटेड अरब, इभिरेट्स, पाकिस्तान र भारत भ्रमण गर्दाका अनुभव समेटेका छन् । विमानबाट यात्रा गरेर एक देशबाट अर्काे देश जा“दा सम्बद्ध देशका विमानस्थलका, विमानभित्रका साथै सम्बुद्ध देशमा रहेका नारीहरूको अवस्थालाई पनि उल्लेख गरेका छन् । परम्परामा महिलाहरू सधै नै सबै पक्षमा सम्मानित स्थानमा भएको कुरा सबैले बुझ्न आवश्यक छ । त्यतिखेरका महिलाहरूको जीवनीबाट प्रेरणा लिई आजका महिलाहरू आत्म सम्मान र आत्म विश्वासका साथ बा“च्न सक्ने पनि देखिन्छ । पुडासैनी किशोरले यस नियात्रा सङ्ग्रहमा नारीवाी चिन्तनको अवस्थालाई पूर्ण रूपमा विभिन्न पक्षहरूबाट उल्लेख गरेका छन् । समाजमा महिलाको यथोचित आदर, सम्मान सुरक्षा, समानता र मर्यादित स्थान कायम राख्नुपर्ने कुरा सबैले सचेततापूर्वक बुझ्नु आवश्यक छ ।
सन्दर्भ सूची :
आचार्य, कृष्णप्रसाद (२०७०), पाश्चात्य साहित्यको रुपरेखा, ललितपुर ः साझा प्रकाशन ।
गुरुङ्ग, सम्झना (२०७२), नियात्रा साहित्य र नमेटिएका चित्रहरु, अप्रकाशित स्नातकोत्तर शोधपत्र, काठमाडौं ः पद्मकन्या बहुमुखी क्याम्पस ।
पुडासैनी, दामोदर ‘किशोर’ (२०७०), नमेटिएका चित्रहरु, काठमाडौं ः रत्नपुस्तक भण्डार ।

प्रतिक्रियाहरु