नन्दु राईको सुसेली सार्वजनिक हुदै

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौँ । धन कमाउने सपना बोकी परदेसिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन् । विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन् । बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै हिँड्ने गाइनेहरुका गीतहरु हुबहु गाउने उनको गायक बन्ने सपना दुबईबाटै साकार हुँदै गएको छ ।संगीतप्रतिको आफ्नो लगाव र साधनाका कारण दुबईबाटै दोस्रो एल्बम सुसेलीसार्वजनिक गर्ने तयारी गरिरहेका छन् राई । सुसेलीमा ५ वटा गीत र एउटा म्युजिक ट्रयाकसहित नेपाली संगीतिक क्षेत्रमा कोसेली स्वरुप अर्पण गर्न लागेको उनी बताउँछन् ।
सुसेलीमा उनका परदेशमा आइयो….., सुरती साकेला……, पिउन बाँकी छ….., ओठैमा लाऊ लाली….जस्ता विभिन्न विधाका गीतका साथ एक गीतकोम्युजिक ट्रयाक रहनेछन् भने सुसेली लाउने…..बोलको गीतको म्युजिक अडियो सङ्स नेपालबाट सार्वजकिन भइसकेको छ भने परदेशमा आइयो…. र पिउन बाँकी छ…. म्युजिक भिडियो विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा यूएईमै सुटिङ गर्ने गायक राईले बताएका छन् ।
लोकआधुनिक, पप, लोकपप संगीतमोहलेसाधनाका साथमा विकल्पहरु खोज्न सिपालु राईलाई नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले दुबईको बसाइमा कहिले छाडेन । पढाइ, करियर र जिम्मेवारीको बोझले राईलाई नेपालमै बस्न नदिए पनि रोजगारीको क्रममा यूएई आएका उनी परदेश पैसा कमाउने मात्र नर्भइ नाम पनि कमाउने उत्तम थलो भएको बताउँछन् ।
विद्यालयमा पढ्नमा भन्दा गीत गाउन सुन्न र चित्र बनाउनमा रुचि राख्ने राई साथीभाइलाई गीत सुनाएर मख्खै पार्दथे । उनको प्रतिभालाई चिनेर धेरैले काठमाडौँ जान सल्लाह दिए । उनी २०६० सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाउन सफल भएको सम्झन्छन् । रेडियो नेपालको आधुनिक स्वर परीक्षामा आफ्नै शब्द र संगीतमा घरिघरि पोखिन्छ आँसुसरि जीवन….बोलको गीत गाएर सहभागिता जनाएका थिए ।
रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरुले उनको संगीतमोहलाई बढाउने काम गरे । गायक बन्ने सपना देखेका भेडेटार धनकुटाका नन्दु राईले काठमाडौंमा पनि घेरै संघर्ष गरे । काठमाडौंमा आर्थिक कारणले गायक बन्ने सपना अन्योलमा परिरहेका बेला आजभन्दा सात वर्षअघि दुबई छिरे राई । दुबई आउनुअभि राईले अनुयोग म्युजिक स्कुल, भक्तपुरमा गुरु कैलाश भुसालसँग शास्त्रीय संगीतको ज्ञान लिएका थिए ।
रेडियो नेपालकै चौतारी कार्यक्रममा राष्ट्रिय सभा गृहमा लोकगायक नन्दकृष्ण जोशीका साथमा गाएको पल पनि उनी सांगीतिक अभियानको प्रेरणाको स्रोत मान्छन् । नेपाल टेलिभिजनबाट प्रसारण भएको ब्राइटर तिम्रो सुर मेरो गीत प्रतिभाको खोजीमा पनि उनी सहभागी भएर आफ्नो गायकी प्रस्तुत गरेका थिए । पहिलो नेपाली तारामा ९ हजार सहभागी मध्ये ३ सय ४० सम्म पुग्न सफल भएका राई
२०५७ सालमा पहिलो चोटी रेडियो धनकुटा क्षेत्रीयप्रसारण केन्द्रको संगम कार्यक्रममा आफ्नै शब्द संकलनमा भेडेटारको डाँडै डाँडा घाँस काटेको …बोलको गीत गाएर गायनयात्रा थालेका राई दुबईबाट दोस्रो एल्बमको तयारीमा जुटेका छन् ।यसअघि राईले सन् २००६ मा आफ्नै शब्द संकलनमा पहिलो पुर्बेली लोक दोहोरी एल्बम लाइदेऊ माया जिन्दगानीमा रोधी डिजिटल स्टुडियोबाट सार्वजनिक गरेका थिए । उक्त एल्बममा ३ वटा गीत र एउटा आलेख गरी जम्मा ४ वटा रचना समेटिएका थिए । सिमसिम पानीमा बोलको गीत गायिका आभा मुकारुङसँग र भेडेटारको डाँडैडाँडा घाँस काटेको र माइली हावा सरर …..गायिका कला राईसँग गाएका थिए ।
दुबईमा कामका साथसाथै सामाजिक क्रियाकलाममा रहे पनि उनको संगीतक्रेज घटेन बरु झन्झन् बड्दै गयो । सन् २००८ मा बिमाकुमारी दुरा र हिमाल सागरसँग पहिलोपटक एउटै मञ्चमा गीत गाएर आफ्नो संगीतमोहलाई मलजल गरिरहे । त्यसपछि सुशील क्षेत्री, सौजन्य सुब्बा, पुरुषोत्तम न्यौपाने,टीका भण्डारी, तक्मे बुडा, कुशल थुलुङ्ग, पार्वती राई, समला राई, राजु लामा, जीरे खुर्सानी टिम, प्रकाश पौडेल, महेश बुढाथोकी लगायत स्थानीय चर्चित कलाकारहरुसँग ३ दर्जनभन्दा बढी कार्यक्रममा सक्रियतापूर्वक गीत गाएर अनि यूएईमा आयोजना हुने सांगीतिक मञ्चहरुमा छाएर आफ्नो गीतसंगीतको मोहलाई निरन्तरता दिइरहेका छन् । हालसम्म लोक, लोकपप, आधुनिक विधाका ३ सयभन्दा बढी गीतको रचना गरिसकेका राई विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर दुबईको मञ्चहरुमा जमिरहेका छन् ।
उनकै शब्द र संगीतमा १ दर्जनभन्दा गीत रेकर्ड भइसकेका छन् भने नेपाल संगीतकार संघको सदस्यका रुपमा उनी कार्यरत पनि रहेका छन् । खेलकुद, समाजसेवामा रुचि राख्ने राई दुबईमा छायांकन भइरहेका सर्टमुभी ‘रोयो लोग्ने मान्छे’मा अभिनय पनि गरिरहेका छन् ।
काम, र दामका साथै संगीतको माध्यमबाट नाम पनि कमाउन संघर्षरत राईयुएईबाटै नेपाल जन कल्याण राहत प्रतिष्ठान, नेपाली समाचार केन्द्र, किराँत यायोखा, किराँत याक्थुम थुम्चुम्लुङ, कियाचु,पथरी युवा समाज आदिबाट उनी प्रसंशित र सम्मानित पनि भइसेका छन् ।

प्रतिक्रियाहरु