नक्कली मान्छे – झपेन्द्रराज बैद्य

२०७४ फाल्गुन २६ गते, शनिबार

सबै नक्कली नक्कली
नक्कली राज्यमा
के छ सक्कली?
पानी नक्कली
स्वास नक्कली
प्रश्वास नक्कली
दुधमा पानी,आर्सेनिक पानी
तरकारीमा प्वाइजन
जे गरे नि हुन्छ
त्यसैलाई पुरस्कार
सत्यलाई तिरस्कार
भनसुन भए सबै हुन्छ
बिशुद्ध पछिको पछि
बोल्नेको पीठो बिक्छ।
सुनमा तामा हुन्छ
शुद्ध आमा हुन्छ
सबै बाउ भन्न सकिन्न।
बलात्कार, ज्यादती र अपहरण
बिकराल चुनौती छ।
कृतिम सुन्दरताको ब्यापार
सुन्दरी प्रतियोगिता
पितृसत्ताको दमन
सामन्ति सँस्कृति पतिको उपासना
सबै अन्धबिश्वास कृतिम हुन्।
बिज्ञापन थोरै सक्कली धेरै नक्कली।
सत्तानै नक्कली अरु के हुन्छ सक्कली
घोषणा पत्र एकातिर कामकुरो अर्कोतिर
जनता ठग्न दरबार तिर
काम गर्ने कालु, मकै खाने भालू
बसीबसी रगत चुस्छन् जन्मजात ठालू।
यसैले त शोषण अन्याय हुन्छ
गरी खाने र बसी खाने दुई बर्ग हुन्छन्।
निजी सम्पत्ती जब हुन्छ बर्गहरु बन्छन्।
सबै कृतिम धनी गरीब कृतिम
जात भात धर्मकर्म सबै कृतिम।
कोही त सांसद पनि कृतिम
नागरिकता कृतिम धर्म कृतिम
पढाइ कृतिम सर्टीफिकेट कृतिम
स्वास्थमा खेलबहाड डाक्टर पनि कृतिम
औषधी कृतिम नोट कृतिम
अनि त भोट पनि हुन्छ कृतिम
पैसा भए हुन्छ मेला देख्छन् खेला
तर
काम गर्नेका हातमा पर्छन ठेला ठेला
राष्ट्रियता कृतिम, कस्तो जमाना?
आफूलाई सरपरे भारत भक्ति
अर्काले बनाइदिएको नक्कली मन्त्रि
देशभक्तलाई देखाउँछन् शक्ति
तर
गरेर नहुने के हुन्छ?
सबै सक्कली हुन्छ
दलाल पुँजिबाद होइन नयाँ जनबाद हुन्छ।
बैज्ञानिक समाजबाद हुन्छ
साम्यबाद पनि हुन्छ।
आखिर बिचार न हो
नयाँ बिचार रोपे
नयाँ बिहान हुन्छ
सबैलाई काम सबैलाई माम हुन्छ।
हिटलर गए, सुसोलिनी गए
नेपालमा ज्ञानेन्द्र गए
निर्बिकल्प के हुन्छ?
जनता एक जुट भए
स्वतन्त्रता, न्याय र शान्ति
वास्तबिक हुन्छ।
नयाँ नेपालको पहिचान हुन्छ
पहाड पखेरा झुपुरा हास्छन्
बालकहरुका ओंठमा हाँसो हुन्छ।
त्यही हाँसोले नेपाल उज्यालो हुन्छ।
स्वतन्त्र जन्मेको मान्छे
बन्धनमा किन?
आचार बिचारको त बन्धन हुन्छ
जें.एस. मीलको खुल्ला आकाश
कसरी संभब हुन्छ?
अधिकार र कर्तब्य एक अर्काका पुरक
भएर पो समाज हुन्छ।
तर
बिचारमा सबैलाई छुट हुन्छ
समाजको रथ बिचार नै हुन्छ।
नक्कली राजाको नक्कली कामले
गोरु पछाडि गाडा अगाडि हुन्छ।
बिकास र समृद्धि
नक्कली मान्छेको नक्कली गाडा
त्रिशुलीमा भर्लाङ् खान्छ।
यात्रा पश्च गमन शासन हिटलरी हुन्छ
भन्नलाई जे भने नि हुन्छ
एकै छिनमा सिंगापुर हुन्छ
काम गरे पो देश बन्छ
नक्कली बिचारले के हुन्छ?
मान्छे सक्कली भए पो हुन्छ।

प्रतिक्रियाहरु