नक्कली डलर दिएर १० लाख ठगी

२०७३ माघ ३ गते, सोमबार

काठमाडाैँ, ३ माघ । भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा रु १० लाख ठगी गरेर एक व्यक्ति फरार भएका छन् । गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुंगा, सिद्दिचरण नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग रु १० लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीकाअनुसार नाम, वतन खुल्न नसकेको मंगोलियन अनुहारका ती व्यक्तिले नक्कली डलर दिएर दाहालसँग नेपाली रकम लिएर फरार भएका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु