ध्वनी भन्दा पाँच गुणा तीब्र गतिको विमान !

२०७४ फाल्गुन २० गते, आईतवार

काठमाडौं ,२० फागुन । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ । बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् ।
यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ । समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ ।
अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

प्रतिक्रियाहरु