‘धैर्यताले मात्र सफलता मिल्छ’

२०७४ असार २५ गते, आईतवार

काठमाडौं, २४ असार । वरिष्ठ संगीतकार सम्भुजीत बास्कोटले एक सफल कलाकार बन्न धैर्यताका साथसाथै सहनशीलता आवश्यक पर्ने बताएका छन् ।
श्निबार काठमाडौंस्थित संवाद डबलीमा गलकोट म्युजिक प्रा.लिको आयोजनामा ‘स्रष्टा सम्मान–२०७४’ मा बोल्दै संगीतकार बास्कोटाले कलाकारलाई आफ्नो कर्मलाई सम्मान गर्न सिक्नु पर्ने बताए । उनले नेपाली सांगीतिक आकश निरनतर रुपमा विस्तार तथा विकास भएको बताउँदै भने, ‘हिजोको समयमा हामीले यस क्षेत्रलाई हाँकेका थियौं अब यसको जिम्मेवारी नवयुवा युवतीको हातमा आएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्कोटाले कला संगीतकर्मीलाई मात्र नभएर रंगकर्मीहरु पत्रकार र मोडललाई संवाद डबलीमा एकसाथ सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै वरिष्ठ लोक गायक रेशम सापकोटाले नेपाली लोक संगीतमा भित्रिएका विभिन्न विकृति विसंगतिलाई सम्मान कार्यक्रमले चिरफार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । गीतकार धुर्बराज खड्काले नेपालको लोक संगीतिक क्षेत्रको रक्षा गर्न कलाकारले बढी मेहनत गर्नुपर्ने धारणा राखे ।
आलाप रेकर्डिङ् स्टुडियो तथा तरेली संगीत कुञ्जको सहयोगमा भएको कार्यक्रममा झलक संगीतम, रेशम सापकोटा, राजु परियार लगायत डेढ दर्जन गीत तथा संगितकर्मीहरु सम्मानित भएका थिए । उनीहरुलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।
गल्कोट म्युजिक प्रालिका अध्यक्ष रामु विरहीले नेपाली कला संस्कृतिको संरक्षणको लागि आफू सधै खटिएर लाग्ने प्रण गरेका थिए ।
कार्यक्रम संचारकर्मी जसिन्द्र श्रीपालीले संचालन गरेका थिए ।

प्रतिक्रियाहरु