धेरै सेल्फी लिनु मानसिक रोग !

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । तपाई अत्याधिक सेल्फी लिनुहुन्छ भने विचार गर्नुहोस् त्यो मानसिक रोग पनि हुुन सक्छ । पछिल्लो समय सेल्फी लिने प्रचलन निकै बढ्दो छ । विभिन्न पार्क तथा पर्यटकीय क्षेत्रमा मात्रै नभई सडकमा पनि मानिसहरू सेल्फी लिइरहेको देखिन्छ । सेल्फी लिएर सामाजिक सन्जालमा राख्ने प्रचलन नेपालमा मात्रै होइन विश्वभर जहाँ पनि छ । मानिसहरू रहेक काम गर्दा पहिला सेल्फी लिन्छन् अनि मात्रै काम शुरु गर्ने गर्छन् । तर मनोवैज्ञानिकहरूले भने एकैदिनमा पटकपटक सेल्फी लिनु मानसिक समस्या हुन सक्ने बताएका छन् । सो समस्यालार्ई मनोविज्ञानको भाषमा ‘सेल्फी दुव्र्यसन’ भनिएको छ । यद्यपि अमेरिकन साइक्रियाट्रिक एशोसियसनले भने यसलार्ई मानसिक समस्याको सूचीमा राखेको छैन । मनोवैज्ञानिकहरूले भनेका छन्, ‘विश्वमा बढ्दो सेल्फी दुव्र्यसनले मानसिक समस्या सेल्फिटिज निम्त्याउने खतरा छ ।’ भारतमा युवाबीच गरिएको यो अध्ययनबारे इन्टरनेशल जर्नल अफ मेन्टल हेल्थ एण्ड एडिक्सनमा प्रकाशित छ । मानिसले पटकपटक सेल्फी लिने र फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा अपलोड गर्नुलार्ई नै सेल्फी दुव्र्यसनका रूपमा लिन सकिने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका मानसिक रोगका प्रोफेसर डा. रमणी दुर्बासुला बताउछिन् । ‘तपाईंको फोटो ५० प्रतिशतभन्दा बढी सेल्फी छ र अझ त्यसमा फिल्टर प्रयोग गर्ने गरिएको छ भने त्यो खतराको लक्षण हो’, रमणीले भनिन । उनका अनुसार लामो समय सामाजिक सन्जालमा बस्ने मानिसमा आत्मविश्वासको कमी हुने र कुनै पनि कुरा सामना गर्न नसक्ने हुने कुरा अध्ययनले नै देखाएको छ । यस्ता व्यक्तिमा डिप्रेसन, चिडचिडाहट पनि हुन्छ । यी सबै समस्याहरूबाट बच्न अब मोबाइल र सेल्फी भन्दा टाढा बसि कुनै रचनात्मक कार्यमा लाग्नु आवश्यक छ ।
यसैबीच, दक्षिण भारतीय राज्य कर्नाटकका अधिकारीले सेल्फीविरुद्ध विशेष अभियान चलाएका छन् । विभिन्न राज्यमा सेल्फी लिनेक्रममा पछिल्ला महिनामा युवायुवतीको मृत्यु भइरहेका बेला कर्नाटक राज्यले सो अभियान चलाएको हो । कर्नाटकको राजधानी बेंग्लोरमा एक महिनामा मात्र सेल्फी लिनेक्रममा चारजना विद्यार्थीको मृत्यु भएको छ । केही साताअघि बिदा मनाउने क्रममा मन्दिर परिसरमा पुगेका एक विद्यार्थीको सेल्फी लिने क्रममा नजिकैको तलाउमा डुबेर मृत्यु भएको थियो । बेंग्लोरबाट १९ माइल टाढा एक मन्दिरमा रहेको तलाउमा सेल्फी लिँदा विद्यार्थीहरूले आफ्नै साथी गुमाएको पत्तो पाएनन् । विद्यार्थीहरूले बिहानभर मन्दिर परिसरमा सरसफाइ गरेका थिए । तापक्रम बढेपछि मन्दिर परिसरमा नै रहेको पोखरीमा पौडी खेल्नेक्रममा फोटो खिच्दा एकजना साथीको डुबेर मृत्यु भएको थियो । सो घटनाको एक सातापछि अर्को बीभत्स दुर्घटना भयो । दुर्घटनाको मुख्य कारण सेल्फी थियो । सेल्फी लिने क्रममा तीनजना किशोरलार्ई रेलले किचिदियो । रेललार्ई पृष्ठभूमिमा देखाउने क्रममा विपरीत दिशाबाट आएको रेलले किच्दा बेंग्लोरमा तीनजनाको घटनास्थमै मृत्यु भएको थियो । यी दुई घटनाले कर्नाटक त्रसित छ । सेल्फी लिँदा किशोर–किशोरी तथा युवायुवतीले बढी सावधानी अपनाउन राज्य सरकारले आग्रह नै गरेको छ । सेल्फी बिस्तारै किल्फीमा रूपान्तरण हुन लागेको सरोकारवालाहरूले बताउन थालेका छन् । पर्यटकीय क्षेत्र र अन्य स्थानमा जोखिमपूर्ण पोजमा सेल्फी नलिन सरकारले युवायुवती र किशोरकिशोरीलार्ई आग्रह गरेको छ । यसका लागि सरकारले होर्डिङ बोर्ड, भित्ते लेखन र प्रचारलार्ई तीव्रता दिएको छ । ‘११ जिल्लाका पर्यटकीय क्षेत्रमा सेल्फीबारे सावधानी अपनाउन सूचना नै जारी गरेका छौँ,’ कर्नाटकका पर्यटनमन्त्री प्रियन्क एम खार्गेले भने । ‘सेल्फीविरुद्ध फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियान चलाएका छौँ,’ उनले थपे ।
भारतमा १ अर्बभन्दा बढी मानिसले मोबाइल फोन प्रयोग गर्छन् । तीमध्ये ३० करोडले स्मार्टफोन चलाउँछन् । किशोरकिशोरी र युवायुवतीले विभिन्न खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढेको विज्ञहरूले बताउँदै आएका छन् । दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फर्मेसनका अनुसार पछिल्ला वर्षमा भारतमा विश्वमा नै सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ । सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा १ सय २७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती र किशोरकिशोरी थिए । गत जुलार्ईमा उत्तर प्रदेश सरकारले खतरनाक पोजमा सेल्फी लिने किशोरकिशोरीलार्ई जेल हाल्ने चेतावनी दिएको थियो ।

प्रतिक्रियाहरु