धेरै सेल्फी लिनु मानसिक रोग !

२०७४ चैत्र २८ गते, बुधबार

काठमाण्डौ , २८ चैत । तपाई अत्याधिक सेल्फी लिनुहुन्छ भने विचार गर्नुहोस् त्यो मानसिक रोग पनि हुुन सक्छ । पछिल्लो समय सेल्फी लिने प्रचलन निकै बढ्दो छ । विभिन्न पार्क तथा पर्यटकीय क्षेत्रमा मात्रै नभई सडकमा पनि मानिसहरु सेल्फी लिइरहेको देखिन्छ । सेल्फी लिएर सामाजिक सन्जालमा राख्ने प्रचलन नेपालमा मात्रै होइन विश्वभर जहाँ पनि छ । मानिसहरु रहेक काम गर्दा पहिला सेल्फी लिन्छन् अनि मात्रै काम शुरु गर्ने गर्छन् । तर मनोवैज्ञानिकहरुले भने एकैदिनमा पटकपटक सेल्फी लिनु मानसिक समस्या हुन सक्ने बताएका छन् । सो समस्यालाई मनोविज्ञानको भाषमा ‘सेल्फी दुव्र्यसन’ भनिएको छ । यद्यपि अमेरिकन साइक्रियाट्रिक एशोसियसनले भने यसलाई मानसिक समस्याको सूचीमा राखेको छैन ।
मनोवैज्ञानिकहरुले भनेका छन्, ‘विश्वमा बढ्दो सेल्फी दुव्र्यसनले मानसिक समस्या सेल्फिटिज निम्त्याउने खतरा छ ।’ भारतमा युवाबीच गरिएको यो अध्ययनबारे इन्टरनेशल जर्नल अफ मेन्टल हेल्थ एण्ड एडिक्सनमा प्रकाशित छ । मानिसले पटकपटक सेल्फी लिने र फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा अपलोड गर्नुलाई नै सेल्फी दुव्र्यसनका रुपमा लिन सकिने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका मानसिक रोगका प्रोफेसर डा. रमणी दुर्बासुला बताउछिन् । ‘तपाईंको फोटो ५० प्रतिशतभन्दा बढी सेल्फी छ र अझ त्यसमा फिल्टर प्रयोग गर्ने गरिएको छ भने त्यो खतराको लक्षण हो’, रमणीले भनिन । उनका अनुसार लामो समय सामाजिक सन्जालमा बस्ने मानिसमा आत्मविश्वासको कमी हुने र कुनै पनि कुरा सामना गर्न नसक्ने हुने कुरा अध्ययनले नै देखाएको छ । यस्ता व्यक्तिमा डिप्रेसन, चिडचिडाहट पनि हुन्छ । यी सबै समस्याहरुबाट बच्न अब मोबाइल र सेल्फी भन्दा टाढा बसि कुनै रचनात्मक कार्यमा लाग्नु आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु