धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण सम्पन्न

२०७१ माघ ५ गते, सोमबार

काठमाडौं , ५ माघ । अब राजधानी काठमाडौंबाट चार घन्टाको यात्रामा पूर्वी तराई पुग्न सकिने भएको छ ।धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण्कार्य सम्पन्न भइ सो सडकमा सवारी–साधनहरु समेत सन्चालन हुन थालेपछि काठमाडौं र पूर्वी तराईको यात्राको दुरी घटेको छ ।
अब काभ्रेको धुलिखेलबाट सिन्धुलीमाडी हुँदै महोत्तरीको बर्दिबास १ सय ५८ किलोमिटरको दुरी पार गरी ४ घन्टामै पुग्न सकिन्छ । जापान सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा ६ वर्षको अवधिमा सडकको निर्माणकार्य सम्पन्न गरिएको हो ।
सडकको मूल ठेकेदार कम्पनीमा जापानस्थित हाजामा ताईसी र हाजामा एन्डो कम्पनी रहेका थिए भने कन्सल्टेन्टको रुपमा जापानको निप्पोन कोइ रहेको थियो ।नेपाली ठेकेदार कम्पनीहरुमा श्रेष्ठ कन्स्ट्रकसन र स्वच्छन्द निर्माण सेवाले काम गरेका थिए । सडक निर्माणसँगै काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप, महोत्तरीलगायत आधादर्जन जिल्लाका स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार