धुलिखेल अस्पताल सिल !

२०७७ जेष्ठ ३ गते, शनिबार

काठमाडाैं, ३ जेठ । काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएको सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो । शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ । धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु