धुलिखेल अस्पताललाइ भारतीय सहयोग

२०७१ असार २३ गते, सोमबार


काठमाडौ, २३ असार। भारत सरकारले काभ्रेको धुलिखेल अस्पतालको भवन निर्माणका लागि पाँच करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ ।अनुदान सहयोगसम्बन्धी सम्झौतामा धुलिखेल नगरपालिका, अस्पताल र नेपालमा रहेको भारतीय राजदूतावासबीच त्रिपक्षीय सम्झौता भएको छ ।नयाँ निर्माण हुने संरचनाबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका साथै आसपास २५ लाख बढी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुग्नेछ ।

प्रतिक्रियाहरु