धुम्रपानको कुलत हटाउने भए….

२०७१ पुष ५ गते, शनिबार

काठमाडौँ । धुम्रपान गर्दा के हुन्छ भन्ने विषयमा कुरा नगरौँ । यसको बेफाइदाको बारेमा जानकार धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दाखोज्दै पनि नसकेको अवस्था हुनसक्छ । यस्तो समस्यामा पर्ने भएको छ भने हामी प्राकृतिक तरिकाबाट धुम्रपानबाट टाढा राख्ने उपाय तपाईंहरुमाझ पस्कँदै छौँ ।
१) बिस्तारै कम गर्नुहोस् ः यदि दिनमा १० देखि १२ वटा चुरोट पिउनुहुन्छ भने यसलाई दिनप्रतिदिन घटाउँदै लानुहोस् । आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोच्दै हुनुहुन्छ भने बिस्तारै घटाउँदै लाने गर्नुभयो भने यसलाई तपाईंले चटक्कै छोड्न सक्नुहुन्छ ।
२) धुँवाबाट टाढा रहुनहोस् ः यदि तपाईं धुम्रपानबाट टाढा बस्न चाहनुहुन्छ भने निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्नुपर्ने हुन्छ । यसका लागि तपाईंले बेकिङ सोडाको प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको कुनै पनि फर्निचरबाट चुरोटको गन्ध हटाउने काम गर्दछ ।
३) आफ्नो मुखलाई व्यस्त राख्नुहोस् ः जतिबेला तपाईंलाई चुरोट पिउन मनलाग्छ, त्यतिबेला चुइङगम खानुहोस् । यसका साथसाथै तपाईंले ललिपप र टुथ पिकको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
४) पहिला जाने ठाउँमा जान बन्द गर्नुहोस् ः जब तपाईं धुम्रपान छोड्ने सोच्दै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा पहिले तपाईं धुम्रपानका लागि पहिला जाने ठाउँमा जान बन्द गर्नर्ुपर्छ र ती साथीहरुलाई भेट्न पनि बन्द गर्नुपर्ने हुन्छ जो धुम्रपानको अम्मली छन् ।
५) संगीत सुन्नुहोस् ः आफूलाई मनपर्ने संगीत सुन्नुहोस् । यसले तपाईंको दिमागलाई आराम दिने गर्दछ ।
६) स्वच्छ हावाः आफ्नो घरलाई चुरोटको धुँवाबाट मुक्त गर्नुहोस् । कोठाको झयालहरु धेरैजसो खुला राख्नुहोस् ता कि तपाईंको कोठामा स्वच्छ हावा आवतजावत होस् ।
७) आफ्नो दिनचर्यालाई परिवर्तन गर्नुहोस् ः यदि तपाईं बिहान चियासँग चुरोट खाने गर्नुहुन्थ्यो भने त्यतिबेला केहि अरु नै काम गर्नुहोस् ।
८) धुम्रपानलाई याद दिलाउने सामानहरु फ्याँकिदिनुहोस्ः धुम्रपान त्याग्ने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले लाइटर, एसट्रे, सिगरेट होल्डर, सलाइहरु फ्याकिँदिनुहोस् ।
९) खाली समयमा सिगरेट नपिउनुहोस् ः कामको बीचमा हुने खाली समयमा चुरोट नपिउनुहोस् जस्तै कम्प्युटरमा केही गेम खेल्नुहोस् । यदि अफिसमा गेम खेल्न मनाही छ भने फोनमा साथीहरुसँग कुराकानी गर्नुहोस् अथवा कुनै फल खानुहोस् ।
१०) खाली समयमा अन्य काम ः खाली समयमा गर्ने कामहरुको सूची तयार गर्नुहोस् जस्तै कतै घुम्न निस्कनुहोस्, पानी पिउनुहोस् अथवा आफ्नो कुकुरसँग खेल्नुहोस् ।

प्रतिक्रियाहरु