धर्म प्रचार गर्ने विदेशीलाई देशनिकाला !

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौं, ३० कार्तिक । गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई कारबाही स्वरूप जरिवाना गराएर देशनिकाला गर्ने तयारी गरिएको बताएको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर देशनिकाला गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।
इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरू अहिले अध्यागमन विभागको हिरासतमा छन् । यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् । पर्यटक भिसामा नेपाल आएर अन्य कुनै काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अवैध ठहर गरेकाले उनीहरूलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार