धरासायी हुँदै नागरिक उड्डयन प्राधिकरण

२०७१ आश्विन २५ गते, शनिबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्न्तगत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कदै गएको सम्बन्धित कर्मचारीले बताएका छन् । नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर रतिशचन्द्रलाल सुमनको असक्षमताका कारण प्राधिकरण धरासायी हुने अवस्थामा पुगेको स्रोतको दावी छ । देशभरिको एयरपोर्ट बनाउने, मर्मत गर्नेलगायत उड्डयनसम्बन्धी सम्पूण कामको जिम्मेवारी पाएको प्राधिकरणले कार्यकारी निर्देशक सुमनको स्वेच्छाचारिताको कारण लथालिङ्ग अवस्थामा पुगेको छ । कार्यकारी निर्देशक सुमनको स्वेच्छाचारीताले कुनै दिन प्राधिकरणको खारेजी गर्न समेत सरकार बाध्य हुनुपर्ने स्रोतको दावी छ । स्रोतका अनुसार कार्यकारी निर्देशक सुमन प्राधिकरण यति हावी छन् कि उनको इच्छा बेगर सम्बन्धित मन्त्रालय र प्राधिकरणका अध्यक्ष अर्थात पर्यटन मन्त्रीले समेत सिन्को भाँच्न समेत सक्दैनन । प्राधिकरणका कार्यकारी निर्देशक सुमन कै कारण विगतका पर्यटन मन्त्री भीम आचार्यले मन्त्रीबाट हात धुनुपरेको चर्चा अहिले मन्त्रालय र प्राधिकरणमा व्यापक चलिरहेको छ । निर्वतमान पर्यटन मन्त्री भीम आचार्य र कार्यकारी निर्देशक सुमनबीच देशका विभिन्न स्थानमा निर्माणाधिन एयरपोर्टको विषयमा कमिशनको कुरा नमिल्दा भीम आचार्यले मन्त्री पद गुमाउनु परेको बताइएको छ । कार्यकारी निर्देशक सुमन आफूले कुनै पनि राजनीतिक दल, नेता र मन्त्रीलाई लगानी गरेपछि प्राधिकरणमा आफूले गरेको कामको बारेमा कसैले औंला उठाउन नपाउने यदि यसो गरेमा आफूलाई सह्रै नहुने हाकाहाकी बताउने गरेको स्रोतको ठोकुवा छ । निर्देशक सुमन मन्त्रीलाई कमिशन बुझाइसकेपछि अरू दबाब आफू नसहने र यस्तो स्थिति आएमा वर्तमान मन्त्रीलाई समेत पूव पर्यटनमन्त्री भीम आचार्यको हालत बनाइदिने खुलम्खुला बताउने गरेको स्रोतले बताएको छ । कार्यकारी निर्देशक सुमनको कुरा बुझदा सत्य नै भएको र्ठहर्छ किनकि पूव पर्यटन मन्त्री भीम आचार्यले समेत एयरपोर्ट निर्माणसम्बन्धी विषयमा कुरा नमिल्दा पार्टी आफूलाई फिर्ता बोलाइएको अभियक्ति पकट-पटक र्सार्वजनिक भइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वच्छ र चुस्त बनाएर नेपालभरिका एयरपोर्ट र विदेशी राष्ट्रहरूसँगको सहभागितामा अगाडि बढाउने हो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तुरुन्त प्राधिकरणमा छापामारी अनुसन्धान थाल्नुपर्ने प्राधिकरणका एक कर्मचारीले बताए । साथै उनले प्राधिकरण बचाउन प्राधिकरणभित्र भएका आर्थिक अनियमितताका साथै नीतिगत अनियमितता समेत र्सार्वजनिक गर्न कुनै कसर बाँकी नराख्ने बताए । प्राधिकरणभित्र भएका अनियमितताका विषयमा हाम्रो पनि खोजखबर जारी रहनेछ ।

प्रतिक्रियाहरु