धरहरा निर्माण कार्य अवरुद्ध

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै धरहरा निर्माणको काम अवरोध पु-याएका छन् । ६ महिनायता आवात जावतका लागि पैदलमार्ग खुलाउन माग गर्दै स्थानीयले दबाब दिंदै आएका छन् । यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने विषयमा छलफल भइरहेको जनाएको छ । पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन छलफल भएको जानकारी दिए । निर्माण समितिले सुरक्षाको दृष्टिकोणले पनि पैदल मार्गलाई समेत रोकेर निर्माण गर्नुपरेको बताउँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार