द्वारी हाईड्रोको निर्माण सम्पन्न

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं,१३ चैत । दैलेख नौमुलेको द्वारी हाईड्रोको निर्माण सम्पन्न भएको छ । जिल्लाकै पहिलो ठूलो हाईड्रोपावर योजनाको निर्माणमा तीन वर्षदेखि निरन्तर काम गरिरहेको भूगोल इनर्जी प्रालिले ३ दशमलव ७५ मेघावाटको विद्युत बाल्न सफल भएको हो ।
योसँगै ६० देखि ६५ करोडको लगानीमा निर्माण पूरा गरेको भूगोल इनर्जी प्रालि ६ नम्बर प्रदेशमा विद्युत उत्पादन गरेर नेपाल सरकारलाई बिक्री गर्ने पहिलो कम्पनी बनेको छ । जिल्लामा हाल दुई मेघावाट विद्युत माग रहेकाले उत्पादित विद्युत दैलेख जिल्लामा पर्याप्त भइ बाहिर पठाउन सकिने कम्पनीले जनाएको छ । उत्पादित विद्युत दैलेखेको नेपाल विद्युत प्राधीकरणमा सवस्टेशन बनाएर ३३ केभी प्रसारण लाईनमा जोडिने छ । कम्पनीले तत्काल स्थानीयका लागि दश प्रतिशत शेयर खोल्ने समेत बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार