दोस्रो भोट हाल्न औला काटेपछि

२०७६ बैशाख ७ गते, शनिबार

काठमाडौं, ७ वैशाख । भारतको उत्तर प्रदेशमा अवस्थित बुलन्दशहरमा गलत बट्टन थिचिएर भोट दिइएपछि एक युवकले आफ्नो औला नै काटेका छन् । बुलन्दशहरको अब्दुल्लाहपुर हुलासन गाँउका दीपक कुमार नाम गरेको युवकले यस्तो गरेका हुन् । ती युवकले बहु जनसमाज पार्टी (बिएसपी)लाई भोट गर्न खोजेको तर भोट भारतीय जनता पार्टी (बिजेपी)लाई परेको बताए । उनले बीबीसीलाई भनेका छन् “म हात्तीमा भोट हाल्न चाहन्थे तर भोड फुलमा पर्याे ।” उनले भोट हालेको निशान लगाइएको औला काटेका हुन् । भारतमा मतदान गरेपछि भोट नदोहरियोस भनेर औलामा गहिरो किसिमले मसी हालिने गरेको बताइन्छ । उनले आफुलाई भोट गलत गएको भन्दै हिनता भएपछि औला नै काटेर फेरि भोट गर्न मन लागेको बताए । भारतको बुलन्दशहरमा भएको बिहीबारको दोस्रो चरणको मतदानका क्रममा उनले यस्तो गरेका हुन् । पवनले औला काटेको देखेपछि उनका नजिकका दाइले उनलाई अस्पताल लगेका थिए । अस्पताल लैजानु परेपछि उनले फेरि भोट दिन भने पाएनन् । उनले आफ्नो जातको र नजिकको दिदि चुनावमा उठेको भन्दै आफुले उनैलाई भोट दिनु पर्ने सोचेको बताएका छन् । उनले काटेको औलाको टुक्रा पत्रकार एवं अन्य गाउँबासीले हेने चाहे पनि नभेटेको बताए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु