दोश्रो टान अन्तरास्ट्रीय इको च्यालेन्ज भदौ १ गते

२०७१ श्रावण २४ गते, शनिबार


काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपालको आयोजनामा आउँदो भदौ १ गते नेपालमा दोश्रो पटक टान अन्तर्रराट्रय इको च्यालेन्ज-२०१४ हुने भएको छ । साहसिक अन्तर्रराट्रय प्रतियोगिता आयोजना गर्ने उद्देश्य अनुरूप विगत १० बर्षअघिदेखि मलेसियामा हुँदै आइरहेकोर् इको च्यालेन्ज प्रतियोगिता नेपालमा प्रत्येक बर्षो अगष्ट १७ तारिखमा हुने गरेछ । दौड, साइक्लिङ र र्याफ्टिङ्गको प्रतिस्पर्धा हुने प्रतियोगितामा ५-५ जनाको समूह हुनेछ । जसमा १८ बर्षउमेर पुगेका ४ खेलाडी र एक व्यवस्थापक हुनेछन् । प्रत्येक खेलमा चारै जना खेलाडीहरूको सहभागिता अनिवार्य रहेकोछ । प्रतियोगीहरूले पहिला टोखाको भूतखेलबाट दौड प्रारम्भ गर्ने आयोजक टानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ६.५ किमिको दौड बूढानीलकण्ठको पानी मुहानमा गएर टुङ्गन्िछ । त्यसपश्चात पानीमुहानबाट शिबपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको भूभाग हुँदै १४.५ किमिको साइक्लिङ सुन्दरीजलमा पुगेर समाप्त हुनेछ र प्रतियोगिताको अन्त्यमा सुन्दरीजल-गोकर्ण्रे बागमती खोलामा ७.५ किमिको र्याफ्टिङ्ग गर्ने प्रतियोगिता संयोजक रञ्जन राजभण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए । सहभागिताका लागि दर्ता शुल्क ४ हजार रूपैयाँ रहेको प्रतियोगिताको प्रथम हुने समूहले १ लाख २५ हजार, दोश्रोले ९५ हजार र तेश्रो हुनेले ६५ हजार नगद पुरस्कार, पदक र प्रमाण पत्र प्राप्त गर्ने छन् । पुरस्कार रकममा २५ प्रतिशत आयकर कट्टी गरिने टानका अध्यक्ष रमेशप्रसाद धमलाले जानकारी दिए ।

प्रतिक्रियाहरु