दोश्रो खिचरा महोत्सव सुरु हुदै

२०७१ पुष २९ गते, मंगलवार

काठमाडौं । थारु जातीको नयाँ वर्ष अर्थात माघे संक्रान्तिको अवसरमा आजदेखि दोस्रो खिचरा महोत्सव–२०७१ सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुल्ताना चौरमा महोत्सव आयोजना गर्न लागिएको हो । थारु कल्याणकारीणीसभा क्षेत्र नम्वर ७ ले आयोजना गरेको महोत्सव माघ ३ गते सम्म चल्नेछ । थारु संस्कृतिको संरक्षण तथा स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।
माघी पर्वलाई महोत्सवका रुपमा मनाउन पनि खिचरा महोत्सव गरिएको हो । महोत्सवमा विषेशगरी थारु जातीको खानेकुराका परिकार राखिने आयोजकले बताएको छ ।
चिचर, माछा, घुँगी, निचा, ग्वागा, नग्गर रोटीलगायतका खानेकुरा महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार समितिका संयोजक सञ्जय चौधरीले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार