दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

२०७५ आश्विन २५ गते, बिहीबार

काठमाडौं, २५ असोज । नेपालीहरुको महान पर्व वडादसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म दुई लाख बढी सर्वसाधारणले उपत्यका छाडिसकेको प्रहरीले जनाएको छ । आजदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए । दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् ।
यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।
ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न र कुनै पनि घटनामा तत्काल पुग्न उपत्यकामा ‘ट्राफिक ¥यापिड स्क्वाड’(टिआरएस) गठन गरी परिचालन गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा टिआरएसको बुधबार उद्घाटन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार