देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम हुँदै

२०७६ बैशाख ६ गते, शुक्रबार

काठमाडौं , ६ वैशाख । देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ। वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ। साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ।
यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निदेशन दिएको छ। यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।

प्रतिक्रियाहरु