देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

२०७६ मंसिर २९ गते, आईतवार

काठमाडौं , २९ मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम खुल्ने सम्भावना छैन । यति बेला काठमाडौं उपत्यका लगायत लगभग देशभर मौसम बदली भएको छ । साथै पश्चिका थोरै स्थान तथा मध्य र पूर्वी पहाडमा हल्का वर्षाको समेत सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाले केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुराेध गरेकाे छ ।
हिजो भन्दा आज पश्चिमी वायु केही बलियो भएको महाशाखाले जर्नाको छ । भोलि सोमबारबाट यसको प्रभाव कम हुने संभावना व्यक्त गरिएको छ । यसअघि मौसमविद्ले आजदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने अनुमान गरेका थिए । काठमाडौं उपत्यकाको पनि आज दिनभर मौसम नखुल्ने मौसमविदको अनुमान छ। पानी पर्ने सम्भावना भने ज्यादै न्यून रहेको बताइएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । बिहान लिइएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु