देशभरका ह्याचरी उद्योग बन्द

२०७६ मंसिर २९ गते, आईतवार

काठमाडौं , २९ मंसिर । देशभरको ह्याचरी उद्योग बन्द भएका छन् । ह्याचरी उद्योगीहरुले लागत अनुसारको मुल्य नपाएको भन्दै आजबाट १० दिनसम्म उद्योग बन्द गर्ने बताएका छन् । उनीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।
१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष टीकाराम पोखरेलले बताए । निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट छन् ।
यसरी १० दिनसम्म चल्ला नष्ट गर्दा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने छ । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला रु २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार