देशभरका बालबालिकालाई भिटामिन ए खुवाईदै

२०७६ कार्तिक २ गते, शनिबार

काठमाडौँ, २ कार्तिक । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत आज र भोली देशभरका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै स्थानीय तहमा २ दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि, ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा आवश्यक स्वास्थ्यकर्मी परिचालन भएका छन् । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुवात भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु