देशभक्त र परिवर्तन प्रेमिलाई एक हुन आव्हान

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी कंचनपुरकाे अायाेजनामा वर्तमानमा राजनीतिक परिस्थिति , संकट र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महाकाली ब्युरो ईन्चार्ज असिना, शन्ताेषी बिक , माअाेवादी केन्द्रका केन्द्रीय सदस्य मिनराज गिरी, क्रान्तिकारी माअाेवादीका जिल्ला सहसचिव बिष्णु नेपाली , राष्ट्रिय जनमाेर्चाका जिल्ला नेता महेश जाेशि, सुप बिश्वबिद्धालयका सहायक परिक्षा नियन्त्रक प्रेमसिह भाट, कृषि बिज्ञ नरबहादुर साउद , ग्रेटर नेपालका अभियन्ता गजेन्द्र पाण्डे , निर्माण ब्यबसायी संघका अध्यक्ष गजेन्द्र चन्द , समाजसेवी झेलुराम डगाैरा, पत्रकार महासंघ कंचनपुर का सहसचिव माेहन बिष्ट , शिक्षक संगठनका नेता अाेम प्रकाश जाेशी लगाएतले धारणा व्यक्त गरेका थिए । अन्तरक्रियामा प्रमुख अतिथि अाेम प्रकाश पुनले अबधारणा प्रस्तुत गरे पछि सबै बक्ताहरुले शान्तिपूर्ण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्नु गलत भएको टिप्पणी गरेका थिए । देशमा राष्ट्रघात, जनघात, भ्रष्टाचार भएकोमा त्यसलाई राेक्न सबै देशभक्त र परिवर्तन प्रेमिहरु एक हुनु पर्ने धारणा सबैले राखेका थिए । नेकपाका पाेलिटब्युराे सदस्य अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा भएको सो कार्यक्रमको जिल्ला सचिव राजेन्द्र बिष्टकाे अध्यक्षता, प्रकाश जप्रेलले संचालन गरेका थिए ।

प्रतिक्रियाहरु