देशको जिम्मा युवालाई देउ – भोला घिमिरे

२०७३ आश्विन ९ गते, आईतवार

जसले सन्सार जित्ने साहास गर्छ त्यो बहादुर नै मानिन्छ र मान्नु पर्छ । जसले सन्सारलाई आफ्नो कब्जामा लिएर निहत्या नागरिकमाथी शोषण दमन गर्दै राज गरिरहेका हुन्छन तिनिहरु केबल आफ्नो अस्तित्व रक्षाको भिखारी बनेर तिनै निहत्या नागरिकमाथी शोषण र दमन बर्साइ रहेका हुन्छन । नेपालको ईतिहासलाई निहाल्ने हो भने पनि हामीले त्यही नै देख्छौ र देखिरहेकाछौ । राणा शासनको बिरुद लड्ने नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने प्रकृयाबाट भागेर सासक बनेका भारतिय मतियारलाई हामिले कहिले चिन्छौ? पन्चायती ब्यवस्थालाई फालेर सुनौलो बिहानी ल्याउने सपना देखेका नेपाली जनताको पेटमा लात हान्ने नेपाली सामन्तले लगातार नेपालीलाई धोका दिएकै छन ।
राज्तन्त्र बिरुद्द उठेका नेपाली जनता महान जनयुधको उपलब्धीलाई सस्थागत गर्नुको साटो उल्टै आफू नै छोटे राजा बनेर निरन्तर नेपाली जनतामाथी घन प्राहार गर्दै सामन्त बनेका दलालले मेरो देस नेपाललाई खोक्रो बनाइसकेका छन । खोक्रो रास्ट्रबादको धज्जी उडाउदै कुर्लिनेहरु हिजोसम्म भारतिय इसारामा चलेको र चल्थे भन्ने कुरा त सबैलाइ थाहा भएकै कुरा हो तर पनि हामी तिनै रास्ट्रघाती जनघाती परिवर्तन बिरोधीको जयजयकार गर्न मै तल्लिन छौ । अझैसम्म हामिले यिनिहरुलाई चिन्न नसक्नु कति सम्मको कमजोरी होला ? हामी आफैले बुझ्ने र विश्लेषण गर्ने कुरा हो। तर हामिलाइ त्यो सबै बुझ्न जरुरत छैन , हामिलाइ केबल यिनै जनघातीको जयजयकार गरे हामी आफै महान ठान्छौ । अनि भन्ने गर्छौ तिनै मान्छेको नाम जोडेर जय स्वाभिमान । कस्तो अचम्मको स्वाभिमान ? कति बडेमानको स्वाभिमान ? देसद्रोही रास्ट्रघातीलाई जयजयकार गर्ने अचम्मको स्वाभिमान । ती वीर पुर्खाहरुले उठाएको बचाएको स्वाभिमान रास्ट्र प्रेमीहरुले बचाएको स्वाभिमान रास्ट्रघातीको टाउकोमा बस्न पुगेको मेरो देसको स्वाभिमान । अब त आँखा खोलौ, अब त बुझौ । यदि अब पनि बुझ्दैनौ र आँखा खोल्दैनौ भने पुर्खाको रगत र बलिदानले सिन्चित मेरो देस नेपाललाई रास्ट्रघ्तीको टाउकोमा रास्ट्रबादको मुकुन्डो ओढाउन छोडिदेउ ।
यो मोडमा अझै यी मुकुन्डोधारी खोक्रे मन्डलेहरुको बिरुदमा एक पटक लड्नै पर्छ । बल्ल बचाउन सकिन्छ हाम्रो स्वाभिमान । नेपाली युवाले नेपालको राजनीतिलाई हातमा लिन चाहन्छन तर नेपालमा त्यो सम्भब देखिदैन । नेपाली राजनीति ६० बर्स उमेर काटेका बुढापाकाको हातमा सधै हुने हो भने हामी कहिले पनि समृद्ध बन्न सक्दैनौ भन्ने कुरा लगातार ६६ /६६ बर्ष अगाडि देखिको अस्तब्यस्त राजनीतिले देखिसकिएको छ। हजारौं लाखौं युवाहरु बिदेसीको गुलाम हुन बाध्य छन तर पनि नेपालका राजनीतिक दल ती युवा प्रती बफादार छैनन । नेपाली जनताप्रती बफादार छैनन । ८ बर्स यतादेखि एउटा चङ्गुलमा फसेको राजनीति र राजनीतिक दलले देसलाई ती चङ्गिल र अफ्ठ्याराहरुलाई छिचोल्दै निस्किनु त कताहो कता अझै नेपाली राजनीतिलाई नै असफल राजनीतिको बिन्दुमा पुर्याएको देखिन्छ। राजनीतिलाई मागिखाने भाडो बनाउदै जनता भुल्याउने मात्र भासण गर्दै हिड्ने नेता ६० बर्स उमेर कटेका छन जसले गर्दा नयाँ युवापुस्ताको जोस जागर बल बुद्धि र बिबेकलाई आज बिदेसीको गुलामी बनेर बिदेसी भुमिमा हाम्रो अमुल्य श्रम त्यो पनि कबाडिको भाउमा बेच्न बाध्य छौँ ।
त्यसको प्रमुख जड भनेको अस्थिर राजनीति नै हो। अझै कतै कोही भन्दै छन रे हामिले सुन्दैछौँ नेपालमा युवा हुनुहुदैन सबै बिदेस पठाउनुपर्छ यहाँ भए हुलदंगा गर्छन भन्नेहरु पनि गनिने मानिने राजनेता नै हु भन्छन । तर ती कसरी राजनेता बने ? हुन त युवा शक्ति सबै बिदेशीएको मौका छोपी देस लुट्न पल्किएका ब्वासाहरुलाई अब हामी युवा शक्तीले फाल्नैपर्छ भन्ने कुरामा दुइमत छैन । तर त्यो त्यति सजिलो पनि छैन । हरेक क्षेत्रलाई आफ्नो पकडमा राखेर राजनीति गर्दै देसलाई ओरालो गतिमा धकेल्ने यिनै ६० बर्स काटेका बृद्ध र अशक्त नेताहरु नै हुन । फेरि अर्को कुरा राणाकालीन सासनलाई कोट्याउने हो भने त्यहाँ भएका बिकास र समृद्धिका जग अहिले पुरै नस्ट भइसकेका छन । पन्चायत कालमा बनाएका विभिन्न कलकारखानाहरु सबै बन्द छन । आखिर किन यस्तो भयो । जाहनिय राणासासनलाई ढाल्दा नेपालीले सुख सान्ती र समृद्धि पाउँछन् भनेर भन्ने पनि झुट नै रहेछ । पन्चायत कालको अन्त्य हुँदै तानाशाही राजतन्त्रलाई जरैदेखि उखेलेर फालेका नेपाली जनता अहिले कहाँछन त्यो कसले बुझ्ने ? हो परिवर्तन त भयो तर जनताको लागि कहिले कुनै परिवर्तन आएन ।
पहिले दाउरा खोज्न पेटभरि खाएर घन्टौसम्म जङ्गल जानुपर्थ्यो। नुन तेल बोक्न पैदल हिडेर ६/७ दिनको बाटो काट्नु पर्थ्यो । तर अहिके चर्को घाममा भोकै खाली पेट ग्यास र तेलको लाइनमा उभिनु परेको छ । गाडी सुबिधा त दियौ नि रोजगार खोइ ? रोजगारी बिना ५० रुपैयाँ किलोको नुन हामी जस्ता गरिबले कसरी किन्ने ? भन्न त चिचीको पनि लोभ, पापाको पनि गर्नुहुन्न भन्छन तर म दुबै खोज्दैछु । देसका १ करोड युवा नेपालमा नै काम गर्न चाहान्छन तर त्यस्तो प्रभावकारी योजना ल्याउन नसक्नु यिनै बृद्ध नेताहरुको असक्षमता होइन र? सहि बिचार सहि योजना र राजनीतिक दलका सहि एजेन्डालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बेलामा ओखर र पाङ्गग्रा बनेका सम्सदबादी दललाई अब सदाको लागि मेटाउनु जरुरी छ । अब हामीले आफ्नो हक र अधिकार खोज्नुपर्ने बेला भएको छ । ६५ बर्स यता काङ्ग्रेसले के गर्यो ? भएका कतिवटा कलकारखाना बन्द गरायो ? अनेकौं सन्धिमा हस्तान्तरण गर्दै कतिवटा नेदि बेच्यो यो खोज्ने र प्रस्न गर्ने समय आएको छ ।
त्यस्तै एमाले यति लामो समयमा के गर्यो ? एमाओबादी ले के गर्यो ? अब हामी चुपचाप बस्ने र बिदेशीको गुलाम मात्र हुनेहो भने हामीले त दुख पायौ पायौ तर हाम्रो अब आउने ५ पुस्तासम्म पनि नेपाल यथावत रहने छ। त्यसैले अब ६० काटेका बृदलाई केबल घरमा बसेर आराम गर्नुहोस् । देसको जिम्मा युवाको हातमा चाहियो होइन भने हामी युवाहरुले देसको जिम्मा लिन जस्तो सुकै संघर्षमा जान बाध्य हुनेछौ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु