देशका विभिन्न ठाउँमा ठूलो वर्षा

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौ, ९ भदौ । आज बिहानबाट देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । मेघगर्जनसहित मध्य नेपाल र पश्चिम नेपालमा ठूलो वर्षा भएको हो । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । बिहानदेखि परिरहेको पानी अहिले काठमाडौ उपत्यकामा भने रोकिएको छ । जल तथा मौसम विज्ञान विभागलका मौसमविद् समिर श्रेष्ठका अनुसार वर्षा भने अझै दुई दिनसम्म रहनेछ । उनका अनुसार गएरातीदेखि बंगालको खाडीमा बनेको न्यूनचापीय हावा नेपाल आइरहेकाले विभिन्न ठाउँमा भारी वर्षा भएको हो । पानी पर्ने र रोकिने क्रम जारी रहने भएकाले सेचत रहन मोसमविद् श्रेष्ठले बताए ।

प्रतिक्रियाहरु