देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं, १० चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्नपछि परिवर्तन भइरहन्छ ।
प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद्को भनाइ छ । मार्चदेखि शुरु हुने प्रिमनसुन मेसम्म चल्छ । भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिम पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार