देवीप्रसाद थापाको “माइती” र्सार्वजनिक

२०७१ आश्विन २९ गते, बुधबार

मणिपुर, भारत- मामा उपनामबाट प्रख्यात, नेपाली मूलका भारतीय लेखक देवीप्रसाद सुँयल थापाको पाचौँ कृति, लघुकथासङ्ग्रह “माइती” भारतको मणिपुर राज्यको सानो सहर काङ्लातोङ्बीमा विमोचन गरिएको छ । ७५ कथा सँगालिएको यस कृतिलाई गोर्खा ज्योति प्रकाशन, मणिपुरले र्सार्वजनिक गरेको हो । पुस्तकलाई काङ्गलातोङ्बी ग्राम पञ्चातका प्रधान शिव बस्नेत र फयेङ् ग्राम पञ्चायतका प्रधान श्री गोजेन्द्रो सिंहले र्सार्वजनिक गर्नुभएको हो ।
पुस्तकमाथि आफ्ना धारणा राख्दै समालोचक रामप्रसाद पौड्याले चन्द्रेश्वर दुबेपछि र्सवाधिक कृति निकाल्ने मामा दोस्रो मणिपुरेली नेपाली कृतिकार भएको कुरा बताउनुभयो । उहाँको मत थियो, प्रत्येक पल्ट नयाँ कृतिसँगै आफूलाई निखार्दै आएका मामाले स्थानिक विषयलाई अँगाल्दा वैश्विक पाठकलाई पनि उत्तिदै ध्यान दिन, र लेखकले निर्ण्र्ाामक अभिमत दिने बानीबाट बच्न जरुरी छ । कार्यक्रमा विशेष मन्तव्य राख्दै समालोचक महेश पौड्यालले मामा मणिपुरबाट आएर नेपाली साहित्य जगतमा ख्याति पाउने कृतिकार भएको बताउनुभयो र भन्नुभयो, मामाबाट भोलिका दिनमा अझ दरिला कृति आउने सम्भावना रहेका छन् । वर्तमान नेपाली साहित्यको विश्लेषण गर्दै उहाँले भन्नुभो, “हामीले धेरै वैश्विक कुरा गर्‍यौँ, अब स्थानीय र निजी कुरा गर्नु जरुरी छ ।”
कार्यक्रममा मणिपुर साहित्य परिषद, अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, भारतीय गोर्खा परिसंघजस्ता संस्थाका पदाधिकारी र धेरै संख्यामा स्थानीय साहित्यअनुरागी उपस्थित थिए । कार्यक्रमका लेखकीय मन्तव्य दिँदै लेखक मामाले भने, “मेरा आगामी कृति कवितासङ्ग्रह, र त्यसपछि कथा सङ्ग्रह हुनेछन र सबै कृति गोर्खा ज्योति प्रकाशनबाटै आउनेछन् ।” गोर्खा ज्योति, मणिपुरको अग्रणी प्रकाशन हो । यसै प्रकाशनले यसअघि मामाका तीन अन्य लघुकथासङ्ग्रह पनि प्रकाशित गरिसकेको छ ।
कार्यक्रमका अतिथिहरू श्री गोजेन्द्रो, शिव बस्नेत, दिलीप कटुवाल, र मणिकुमार लिम्बूले मामालाई थप कृतिहरूका लागि शुभकामना दिँदै कृत्रि्रकाशनका लागि आर्थिक सहयोगको पनि घोषणा गरेका थिए । कार्यक्रमको अन्त्यमा एक विशेष साहित्य गोष्ठी पनि गरियो, जसमा महेश पौड्याल, लोकबहादुर बस्नेत, मुक्ति गौतम, बसन्ती पौडेल, श्रृष्टि पौडेल र रामप्रसाद पौडेलले आफ्ना कृति वाचन गरेका थिए ।
मणिपुर भारतको उत्तरपर्ूर्वी सीमान्त प्रान्त हो, जसको सीमाना बर्मा र बङ्ग्लादेशसँग छ, र यहाँ नेपाली भाषीहरू शदियौँदेखि बस्दै आएका छन् । हाल मणिपुरमा साठी हजारको हाराहारीमा नेपालीहरू छन् । सन् १८९३ मा यसै मणिपुरबाट तुलाचन आलेले भारतको पहिलो नेपाली सवाइ “मणिपुरको लडाइँको सवाइ” लखेर सवाइ साहित्यकेा सूत्रपात गरेका थिए । -माधव अधिकारी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु