देउवाद्वारा गल्ती नदोहोर्‍याउने वाचा

२०७५ मंसिर ४ गते, मंगलवार

काठमाडौं, ४ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अनुशासित बनाउन अन्तर्घातीलाई कारवाही गर्नुपर्ने पुरानो अडान पनि दोहोर्‍याएका छन । विराटनगरमा आयोजित महासमिति बैठकका लागि राजनीतिक प्रस्ताव सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले पार्टी भित्र हुर्किरहेको अनुशासनहिनता र अन्तर्घातका कारण गत चुनावमा नेपाली कांग्रेसले पराजय भोग्नु परेको बताए । उनले पार्टीलाई एक ढिक्का बनाएर अनुशासित पार्टी बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताए । सभापति देउबाले निर्वाचनमा टिकट वितरण गर्दा भएको गल्तीका कारण पनि पार्टी पराजयको कारण भएको बताउदै अब त्यस्तो गल्ती नदोहोर्‍याउने वाचा समेत गरे । सभापति देउबाले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु