दूग्ध विकास संस्थानका पूर्व महाप्रवन्धकसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ आश्विन ८ गते, बुधबार

काठमाडौं , ८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व महाप्रवन्धक सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले डीडीसीका पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर नगरी पुरानै कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेकोे छ । आयोगले संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा।ईश्वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा विरुद्ध मुद्दा दायरा गरेको हो । तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी विरुद्ध जनही ४६ लाख ७९ हजार रुपैयाँ ३५ पैसा विगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल विरुद्ध २२ लाख १९ हजार रुपैयाँ विगो दावी गरिएको छ । प्रभु आदित्य बिजनेश प्रालीका संचालक दिप बहादुर खड्का विरुद्ध २४ लाख ५९ हजार रुपैयाँ र अर्का संचालक फणिन्द्र प्रसाद दाहाल तथा सतिस कुमार गिरीका विरुद्ध २४ लाख ५९ हजार रुपैयाँ विगो दावी सहित मुद्दा दायरा गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु