दुग्ध विकास संस्थानमा तिमिल्सिनाको नाङ्गोनाच

२०७३ आश्विन ३ गते, सोमबार

काठमाडौँ, ३ असोज । दुग्ध विकास संस्थानले कर्मचारी स्थायी पदपूर्तिका लागि तीन बर्ष अघि लिएको लिखित परीक्षाको नतिजा दुई साता अघि प्रकाशित गरेर अचम्ममा पारेको छ । अझ अचम्मको कुरा त के छ भने लिखित परीक्षाको उत्तरपुस्तिका जसले जाँच्यो उसको उसैको छोरा–बुहारी र सालोको नाम निस्किएको छ । नियम अनुसार आफ्ना परिबार परीक्षामा सहभागी भएमा कुनै पनि व्यक्ति परीक्षामा बस्न मिल्दैन् । संस्थाले डेरी सहायक पदमा रिक्त १९ दरबन्दीमा विज्ञापन खुलाई ५ असार २०७० मा लिखित परीक्षा लिएको थियो । त्यसको नतिजा दुई साता अघि १६ भदौमा प्रकाशित गरेको थियो ।
१९ जनाको लागि लिएको परीक्षामा सहभागी १ हजार ७३१ जनामध्येबाट ४३ जनालाई अन्तबार्ताका लागि छनौट गरिएको छ । तर त्यसमा लिखित परीक्षाको कापी जाँच गर्ने जिम्मा पाएका प्रशासन अधिकृत पोष्टबहादुर थापाले आफ्नै छोरा युवराज थापा बुहारी र साला रामहरि सिलवालको नाम अन्तरर्बार्ताका लागि निकालिदिएका छन् ।
महाप्रवन्धक गंगा तिमल्सेनासंगको मिलोमतोमा नतिजा तयार गरेका थापाले संस्थानको तलब खाएर तिमल्सेनाको घरमा काम गर्ने मन्दिरा बुढाथोकी र तिमल्सेनाका भतिजा पर्ने कृष्णचन्द्र तिमिल्सिनालाई समेत लिखितमा उत्तीर्ण गराइदिएका छन् । त्यतिमात्रै होइन तिमिल्सिनाले छिमेकीहरु सरिता महर्जन, सविता महर्जन, रजनी महर्जन र विक्रम महर्जनको पनि नाम निकाल्न लगाएका छन् । जनजाती कोटामा महर्जनको मात्रै नाम निकाल्न लगाएका तिमिल्सेनाले आर्थिक चलखेल गरेको कर्मचारीहरुको आरोप छ ।
गोगंबु घर भएका प्रशासन अधिकृत थापा कांग्रेस निकट कर्मचारी हुन् । तर एमाले कोटामा नियुक्त भएका महाप्रवन्धक तिमिल्सेना अहिले थापा निकट भएका छन् । पार्टी फरक भएपनि दुई जना छिमेकी हुन् । हरेक काममा आर्थिक चलखेल गर्ने थापालाई पछिल्लो समय तिमिल्सिनाले दह्रो साथ दिएका छन् । उति बेला परीक्षा हुँदा लोकसेवाले कापी परीक्षण गर्ने बताएपनि प्रशासन अधिकृत थापाले सबै कापी आफ्नै घरमा लगि परीक्षण गरेको कर्मचारीको दावी छ ।
उनीहरुले परीक्षामा आर्थिक चलखेल गरि व्यापक धाँदली भएको आरोप लगाएपछि त्यसलाई मत्थर पार्न थापा र तिमल्सेनाले आन्तरिक बढुवा प्रकृया सुरु गराएका छन् । उनीहरुले खुल्ला र आन्तरिक बढुवाको नतिजा समेत संगै प्रकाशित गर्ने तयारी गरेको बुझिएको छ । त्यसो त महाप्रन्धक तिमिल्सेनामाथि अख्तियारले अकुत सम्पती आर्जन गरेको आरोपमा छानविनमा परेका व्यक्ति हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु