दुई नर्सको भरमा ५२ बिरामी

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौ, ८ मंसिर । मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्त अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समात्र हुन्छन् ।
‘साप्ताहिक विदा,सार्वजनिक विदा र सिफ्ठ बाडिँदा ड्युटीमा दुईजनामात्र हुन्छौँ,’वार्डकी नर्स निर्मला रेग्मीले भनिन् । अस्पतालको पेइङ वार्डका लागि ४० शय्याका लागि पनि दुई जनामात्र नर्स छन् । अस्पतालका अन्य वार्डको अवस्था पनि उस्तै छ ।‘सबै वार्डमा नर्स अपुग छन्’अस्पतालकी मेट्रोन निवारण जोशीले भपनिन्,‘नर्सकै अभावमा ५२ शय्याको सिआइसियुमा ३४ शय्यामात्रै सञ्चालनमा छन्।’कामको चापले नर्स सधैं तनावमा हुन्छन् । – नागरिक दैनिकवाट

प्रतिक्रियाहरु