रुख ढल्दा १३ जनाको मृत्यु

२०७४ श्रावण ३२ गते, बुधबार

काठमाडौं, ३२ साउन । पोर्चुगलको मडिरा टापुमा भइरहेको धार्मिक समारोहमा एउटा रुख ढल्दा किचिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ । टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् । हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख ढल्दा केही सवारी साधनमा पनि क्षति पुगेको छ । ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति दुःख ब्यक्त गरेका छन् । गतवर्ष पनि रोमन क्याथोलिक पर्वकै बेला पोर्चुगलको जंगलमा आगलागी भएका कारण पर्व नै स्थगित गरिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु