दिशापिसापबाट गुड्ने बस !

२०७१ मंसिर ६ गते, शनिबार


काठमाडौँ । मानिसको मलमुत्र तथा खाद्यजन्य फोहोरबाट चल्ने यात्रुबाहक बस संचालनमा आएको छ । ४० सिटको यो ‘बायो बस’ मलमुत्र तथा खाद्यजन्य फोहोरबाट उत्पादित बायो मिथेनद्वारा चल्दछ ।बेलायतको ब्रिस्टोल देखि बाथसम्म संचालनमा आएको यो यात्रुबाहक बस बेलायतमै पहिलो भएको बीबीसीले जनाएको छ ।यो वातावरणमैत्री बस एक ट्यांकी ग्यासबाट ३ सय किलोमिटर सम्म गुड्न सक्छ । ५ जना मानिसको वर्षभरीको मलमुत्रबाट एक ट्यांकी मिथेन ग्यास उत्पादन गर्न सकिन्छ ।बाथ बस कम्पनीले संचालनमा ल्याएको यो बसले यात्रुलाई ब्रिस्टोल विमानस्थल र बाथ सिटीसेन्टर सम्मको दूरीमा सेवा दिनेछ । बायोमिथेन ग्यास ब्रिस्टोलमा उत्पादन गरिएको छ र जेनेको कम्पनीले ग्यास उत्पादन गर्दैछ ।एक जना मानिसको वर्षभरको मलमुत्र तथा खाद्यजन्य फोहोरबाट उत्पादन हुने ग्यासले उक्त बसलाई ३७ माइलसम्म गुडाउन सकिने बताइएको छ । यो बसको इन्जिन डिजेल इन्जिन जस्तै छ तर यसले निकै कममात्र कार्वनडाइअक्साइड उत्सर्जन गर्छ । यो इन्धन ग्यासको गुणस्तर सुधार तथा प्रदुषण न्यूनीकरणका लागि कार्वनडाइअक्साइड हटाएर प्रोपेन थपिएको छ । यसले परम्परागत डिजेल सवारीले भन्दा ३० प्रतिशत कम कार्वनडाइअक्साइड उत्सर्जन गर्ने बताइएको छ ।
बस संचालक कम्पनीले यो फोहोरबाट चल्ने गाडीको संचालनले हावाको गुणस्तर सुधार गर्ने तथा मानिसको मलमुत्रको पनि मूल्य छ भन्ने कुरा प्रमाणित गर्ने कुरा बताएको टेलिग्राफले जनाएको छ ।यो बस संचालनका लागि एभोनमाउथको वेस्ट प्लान्टले वर्षमा साढे ७ करोड घनमिटर ढलजन्य फोहोर र ३५ हजार टन खाद्यजन्य फोहोर प्रशोधन गरी ग्यास उत्पादन गर्नेछ । फोहोरबाट ग्यास उत्पादन गर्नका लागि ब्याक्टेरियाको प्रयोग गरिन्छ । यसरी वर्षमा १ करोड ७० लाख टन बायोमिथेन उत्पादन गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार