दिल्ली गइरहेको बस दुर्घटना : २९ को मृत्यु, २० यात्रु घाइते

२०७६ असार २३ गते, सोमबार

काठमाडौं, २३ असार । भारतमा बस दुर्घटनाहुँदा २९ को मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन् । भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवेमा सोमवार बिहान साढे ४ बजे अनियन्त्रित भएर नालीमा बस खसेर दुर्घटना भएको हो । दुर्घटना स्थल आगराबाट ३१ किमी टाढा छ ।
दुर्घटनामा परेर घाइते भएकाहरूको त्यहाँका स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटना भएको हो ।
मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। रोडवेजले मृतकका परिवारलालाई ५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ । बसमा करिब ५० यात्रु सवार थिए। दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ । उद्धार कार्य अहिले पनि जारी रहेकाे र मृतकको संख्या बढ्न सक्ने आगराका जिल्ला प्रमुख रवि कुमारले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु