दिउँसोदेखि मौसममा सुधार हुने

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ, १९ फागुन । काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रको मौसममा मंगलबार दिउँसोदेखि सुधार आउने मौसमविदले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार अहिले देशका विभिन्न ठाउँमा पानी परेपनि उच्च चापिय प्रणाली विकसित हुँदै गएकाले दिउँसोदेखि मौसममा सुधार आउनेछ । उहाँका अनुसार पश्चिमी क्षेत्रमा भने बुधबारदेखिमात्र सुधार हुनेछ ।
पश्चिमी वायुको प्रभाव निस्क्रिय हुँदै गएकाले बुधबारदेखि त्यहाँको मौसममा सुधार आउने मौसमविद् रिमालको भनाई छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारपनि देशका धेरै ठाउँमा आँशिक बदली भई केही भागमा मेघ गर्जन सहित पानी पर्नेछ । उच्च हिमाली भागको केहि ठाउँमा हल्का हिमपातको संभावना छ ।
बितेको २४ घण्टामा काठमाण्डूमा ३३ दशमलव ६ मिलिमिटर पानी परेको छ । सबैभन्दा धेरै डडेलधुरामा ५४ दशमलव ३ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । सबैभन्दा थोरै विराटनगरमा ६ दशमलव २ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार