दाङमा ठेकेदारलाई कालोमोसो दलेपछि काठमाडौंमा भागदौड

२०७४ आश्विन ६ गते, शुक्रबार

काठमाडौं, ६ असोज । सडक निर्माणको जिम्मा लिएर समयमै काम नगरेर सडक हिलाम्मे र धुलाम्मे बनाएर छोड्ने निर्माण व्यवसायीलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने कान्सुराम निर्माण सेवा कम्पनीका स्थानीय ठेकेदार पदम शर्मालाई घोराही जनपरिषदले बिहीबार कोलोमोसो दलेर चेतावनी कारवाही गरेको जनाएको छ ।
निर्माण कार्य पूरा नहुँदा घोराहीबासीले लामो समयदेखि धुलो र हिलोको सास्ती भोगिरहेका थिए । सडक निर्माणको जिम्मा लिएको कम्पनीका मालिक शर्मालाई सडकमै कालोमोसो दलिएको थियो । शर्मा सडकमा भोग्दै गरेको फोटोहरु स्थानीयले खिचेका थिए ।
सडकको काम समयमै सम्पन्‍न नगर्दा सर्वसाधारण स्वास्थ्यमा समस्या देखिनुका साथै बजार प्रदुर्षित बनेको गुनासो स्थानीयको छ । सडक निर्माण ढिलाई हुनुमा सडक डिभिजन र घोराही नगरपालिकाको समेत हात रहेको नेकपाको दाबी छ । उसले यथाशिघ्र सडक बनाउन सम्बन्धित कार्यालयलाई समेत चेतावनी दिइएको छ । दाङमा कालोमोसो दलेपछि काठमाडौंका सडक लामो समयदेखि धुलाम्मे र हिलाम्मे छोडेका ठेकेदारहरुको भागभाग भएको बताइएको छ ।

प्रतिक्रियाहरु