दाङमा आमहड्ताल जारी

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा विहानदेखिनै प्रदर्शन भइरहेका छन् । दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले नै लिएका छन् । केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दल एकजुट भएर आन्दोलनमा होमिएका हुन् । समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएको छ । अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड ठप्प भएको छ भने जिल्लाका अन्य शहरबाट विभिन्न ठाउँमा जाने गाडीसमेत चल्न सकेका छैनन् । अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी नेताहरुप्रति आक्रोशित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार