प्रधानमन्त्री ओलीको पुत्ला दहन

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । नेपाल विद्यार्थी संघ ताप्लेजुङले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत संघले ओलीको पुत्ला दहन गरेको हो । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले ताप्लेजुङमा समेत चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
यसअघि ठाउँठाउँमा मशाल जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामले जानकारी दिए । राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको हाङ्गामको भनाई छ । पेट्रोलियम पदाथर्का साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु