दसैं विदा १५ दिन

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौ, २१ असोज । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषदको नियमित बैठकले भारतको गरेको अघोषित नाकाबन्दी, तराई आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने बताइएको छ । यसैक्रममा भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाउँदै यसवर्ष दशैं बिदा १५ दिन दिने तयारी पनि सरकारले गरेको छ । तयारीअनुसार आजको मन्त्रिपरिषदले निर्णय गरे सरकारी कार्यालयले लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् ।
यससम्बन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने बताइएको छ । न्यायालय सम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आए पनि अरू सरकारी कार्यालय सप्तमीदेखि द्वादशीसम्म (६ दिन) र कोजाग्रत पूर्णिमाको दिन गरी ७ दिन बिदा दिइँदै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु