दश वर्षीय जानीद्वारा इन्स्टाग्राम ह्याक

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । फिनल्याण्डका एक जना दश वर्षीय बालक जानीलाई तस्वीर शेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा सुरक्षा कमजोरी पत्ता लगाएबापत पुरस्कारको रुपमा दश हजार डलर दिइएको छ। जानीले इन्स्टाग्राममा एउटा बगको माध्यमबाट अन्य प्रयोगकर्ताको टिप्पणी मेटाउन सकिने पत्ता लगाएका थिए । त्यसो त प्राविधिक रुपमा जानी तीन वर्षपछि मात्रै यो साइट प्रयोग गर्ने उमेरमा पुग्नेछन् ।
इन्स्टाग्राम संचालन गर्ने कम्पनी फेसबुकले यो समस्या सार्वजनिक भएलगत्तै समाधान गरेको छ । यसका साथै जानी सबैभन्दा कम उमेरमा ‘बग बाउन्टी’ पुरस्कार जित्ने बालक बनेका छन् ।
यो सुरक्षा कमजोरी पत्ता लगाएलगत्तै फेसुबकले उनलाई एउटा इमेल पठाएको थियो। कम्पनीले सुरक्षा इन्जिनियरहरुले जानीका लागि एउटा टेस्ट एकाउन्ट बनाए जसबाट उनी आफ्नो कुरा प्रमाणि गर्न सकुन् ।
हेलसिन्की निवासी जानले फिनल्याण्डको एउटा पत्रिकासँग भने–म यो पैसाबाट आफ्नो दाइका लागि नयाँ बाइक, फुटबल खेल्ने सामान र कम्प्युटर किन्ने सोचमा छु ।
फेसबुकले बीबीसीसँगको कुराकानीमा सन् २०११ देखि अहिलेसम्म कम्पनी ‘बग बाउन्टी’ विजेतालाई पुरस्कारका रुपमा ४३ लाख डलर दिइसकेको बताएको छ।
कयौ कम्पनीहरु सुरक्षा पेसेवर र युवाहरुका लागि वित्तीय प्रोत्साहन दिने गर्दछन् । जुन सुरक्षा कमजोरी ब्ल्याक मार्केटमा बेच्नुको साटो कम्पनीलाई दिने गर्दछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार