दलित सांसद सम्मेलन हुदै

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौँ, १४ फागुन । दक्षिण एसियाका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदैछ । एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुईदिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने जनाइएको छ । मञ्चका अनुसार दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशमा जातीय विभेद विद्यमान छ ।
यिनै देशका दलित सांसदले संयुक्त पहल गर्न सम्मेलन आयोजना गरिएको मञ्चका संयोजक एवं सांसद मीन विश्वकर्माले जानकारी दिए । संसारमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछूत तथा जातीय भेदभाव अन्त्यका लागि एसिया दलित अधिकार फोरमको सहयोगमा उक्त सम्मेलन गर्न लागिएको बताइएको छ । सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्था र अबको रणनीतिबारे छलफल हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार