दलित समुदायमाथी सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कार्वाही गर्न माग

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालले जेठ १० रुकुमको चौरजहारीलगायत देशका विभिन्न स्थानमा दलित समुदाय माथी भएका विभेद तथा सांघातिक आक्रमणका सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न जोडदार माग गरेको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालका संयोजक डम्बर बहादुर बिश्वकर्मा एक प्रेस बिज्ञप्ति जारी गर्दै माग गरेका हुन् । गत शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएको थियो । मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए । सोही क्रममा गाउँलेले आक्रमण गर्दा घटना घट्न पुगेको बताइएको छ । घटनामा केही व्यक्तिहरु घाइते भएको पनि बताइएको छ।
यस बिषयमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालका संयोजक डम्बर बहादुर बिश्वकर्माले जारी गरेको प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ – “रुकुमपश्चिम चौरजहारी नगरपालिका(८ सोती निवासी सुश्मा मल्ल सङ्गको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाइबाट शनिबार राती जाजरकोट भेरी नगरपालिका(४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजका ६ जना दलित साथीहरू वेपत्ता भएका छन् भने १२ जना युवाहरूलाई चौरजहारी प्रहरीले गिरफ्तार गरेको छ । जात नमिल्ने भन्दै यसघि नै नवराज विरुद्ध प्रहरीमा उजुरी गरिएको थियो । सो क्रममा दुबै पक्ष बीच प्रहरीको रोहवरमा छलफल समेत भएको र सो विवाह हुन नदिन केटी तर्फका कथित माथिल्लो जातिका परिवारले निकै कोशिश गरेको बताइएको छ । यस घटनाबाट संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनामा ज्यान गुमाउने नवराज प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रती गहिरो समवेदना व्यक्त गर्दछौं ।
यसैगरी, पाँचथर जिल्लाको हिलीहाङ गाउँपालिका(५ का वडाध्यक्ष लक्ष्मी सुहाडले उनैले बोलाएको बैठकमा सहभागी एक दलित युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालेका छन् । यही जेठ ७ गते वडा कार्यालय भवन बनाउने सर्वपक्षीय बैठकमा पुगेका काँग्रेस प्रतिनिधि वीर बहादुर उभरकोटीलाई वडा अध्यक्ष सुहाडले आफूले बोलाएको भन्दा अरुलाइ नै पार्टीले बैठकमा पठाएको भन्दै, झयो मान्छेलाई मैले बोलाएको छैनञ, यसलाई म बैठकमा बस्न दिन्न, भन्दै जतीय विभेद गर्दै बैठकबाट बाहिर निकालेको निज पीडित उभरकोटीले बताएका छन् ।
यस्तै, नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा कोभीड(१९ का कारण मृत्यु भएका व्यक्तिको विषयमा टिप्पणी गर्दै झआफू मरे डुमै राजाञ, भनेर दलित समुदाय माथि अपमान गरेको मात्रै होइन सो टिप्पणी माथि प्रतिक्रिया दिने व्यक्तिहरुलाई व्यक्तिगत रुपमा धम्क्याउने र अपमान गर्ने काम निरन्तर गरिरहेका छन् ।
उपर्युक्त सबै घटनाको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं । देशमा सामन्तवादको अन्त्य भएर गणतन्त्र आइसक्दा समेत दलित समुदाय माथी यस्ता विभेद तथा सांघातिक आक्रमण भैरह्नुले यही अवस्थामा दलित समुदायको सुरक्षा र मुक्ति सम्भव नभएको प्रष्ट हुन्छ । संविधानमा दलित अधिकार लेख्दैमा र छुवाछूत ऐन बनाउदैमा दलित समुदायले अधिकार र न्याय पाउँदा रहेनछन् भन्ने कुरा पनि यी घटनाहरुले छर्लङ्ग पारेका छन् । यसबाट स्पष्ट हुन्छ कि यहाँ नेपाली जनताको अर्को एउटा न्यायपूर्ण आन्दोलनको अपरिहार्यता रहेको छ । परिस्थितिको यो गाम्भिर्यतालाई आत्मसात गरी अघि बढ्न हामी सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।
साथै, उपरोक्त सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । अन्यथा यसबाट सृजित परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।
संघर्ष समितिका घटक सङ्गठनहरुस्(
१० दलित मुक्ती मोर्चा नेपाल(अध्यक्ष, डम्बर बहादुर बिश्वकर्मा,
२० नेपाल दलित मुक्ती मोर्चा( संयोजक, अमर परियार,
३० समाजवादी दलित मुक्ति महासंघ – अध्यक्ष, खिम बहादुर् बिश्वकर्मा,
४। संयुक्त दलित अधिकार मंच, नेपाल( अध्यक्ष, लक्षमण बर्देवा,
५। नेपाल रास्ट्रिय दलित मुक्ति मोर्चा – प्र। धर्मराज बिडुवाल,
६। रास्ट्रिय दलित मोर्चा(संयोजक, श्याम परियार,
७। नेपाल रास्ट्रिय दलित केन्द्र( अध्यक्ष, उपेन्द्र छटुन्जेल,
८० विभेद मुक्ति प्रगतिशील समाज(संयोजक, याम बहादुर बिक।,
९० जातव्यवस्था उन्मुलन मोर्चा नेपाल(संयोजक, राजकुमार हिङमाङ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु