दलित विद्यार्थीहरु सम्मानित

२०७१ असार २० गते, शुक्रबार

काठमाडौं, २० असार। नेपाल राष्ट्रिय दलित मुि मोर्चाको काठमाडौ जिल्लाले काठमाडौका विभिन्न विद्यालयबाट एसएलसीमा उतर्ीण्ा आफ्नो समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
राजधानीको संवाद डवलीमा आयोजित सम्मान कार्यक्रममा उनीहरुले यस्ता कार्यक्रमले विद्यार्थीको मनोवल बढाउन र भविश्यमा आफ्नो समुदायबारे काम गर्न हौसला बढ्ने जानकारी दिए ।
करिब तीन दर्जन विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुtmि मोर्चाका अध्यक्ष तिलक परियारले प्रमाण पत्र वितरण गर्दै भने, ‘अहिलेको आइरन गेट पार गर्ने विद्यार्थी भाई बहिनीले भावी पुस्ताको लागि काम गर्ने गरी सोच्न जरुरीछ ।’
उनले नेपालमा राज्यले जानीबुझीकन वर्ग संर्घष्ा गराउने शिक्षा नीति अख्तियार गरेको बताए । उनको भनाई छ, ‘यसैले हामी यस्तो असमान शिक्षा नीति सच्याउन निरन्तर आन्दोलनमा पनि छौ ।’ नेता परियारले सम्मानित विद्यार्थीहरुलाई भविश्यमा आत्मनिर्भर काममा क्रियाशील हुन र पर्ढाईलाई निरन्तरता दिन सुझाव दिए । ‘तर एनजिओतिर नलाग्नुहोस्’ उनले अगाडि भने, ‘यस कार्यले परनिर्भर मात्र बनाउँदैन, आफ्नै खुट्टामा बन्चरो हान्ने काम गराउँछ ।’
सोही अवसरमा विभिन्न दलित नेताहरुले पनि एसएलसीमा उतर्ीण्ा विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । सम्मानित हुने विद्यार्थीहरुमा दोस्रो श्रेणीदेखि ८७ प्रतिसतसम्म अंक ल्याउनेहरु थिए ।

प्रतिक्रियाहरु